पार्टी कार्यालयमै देउवा र पौडेल समूहको छुट्टाछुट्टै बैठक

Nepali Congress President Sher Bahadur Deuba and senior leader Ram Chandra Paudel attending a party's meeting in Nayabaneshwor, Kathmandu, on Tuesday, August 23, 2016. Photo: RSS

काठमाडौं– नेविसंघको विषयमा सहमति जुट्न नसक्दा नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित भएको छ ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक अपरान्ह ५ बज्न लाग्दासम्म सुरु हुन सकेकाे छैन ।

अहिले पार्टी कार्यालय सानेपामै सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहको छुट्टाछुट्टै बैठक बसिरहेको छ ।

बैठकमा दुई पक्ष नै नेविसंघको विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा रणनीति बनाउन जुटेको बताइएको छ । नेताहरु भित्र छुट्टाछुट्टै छलफलमा जुट्दा बाहिर नेविसंघका कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।

यसअघि शनिबार पनि नेविसंघका कार्यकर्ताले तत्काल महाधिवेशनको सुनिश्चितताको माग पार्टी कार्यालय परिसरमा प्रदर्शन गरेका थिए । सो क्रममा कार्यकर्ताहरुले पार्टी सभापति देउवालगायतका नेतृत्वलाई घेराबन्दीमा समेत पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *