लाङटाङमा एक्काइस मानव कङ्काल भेटियो

काठमाण्डाै २५ असाेज । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि आएको हिमपहिरोले लाङ्टाङ क्षेत्रमा पुरिएर हराएकामध्ये २१ जनाको कङ्काल भेटिएको छ ।
जिल्ला प्रहरी प्रमुख अवधेश विष्टका अनुसार भेटिएका कङ्कालहरु लाङटाङबासीको भएको बताइएको छ। ती कङ्कालमध्ये पहिचान भएका १५ वटा कङ्काल स्थानीयबासीलाई बुझाइएको र पहिचान हुन नसकेको छवटा कङ्काल डिएनए परीक्षणका लागि काठमाडौँ पठाएने भएको छ ।
लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नारायण दलका गणपति बिक्रम गुरुङको नेतृत्वमा गएको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २१ मानव कङ्काल सङ्कलन गरेको थियो।
सो सुरक्षा टोलीले १० दिनसम्म घटनास्थलको आसपासमा बसी खोजी गरेको थियो।
प्रहरी प्रमुख विष्टले पहिरोमा पुरिएका करिब ३०० मध्ये अझै ८५ जना फेला नपरेको जानकारी दिए। रासस