‘म खासोग्गीको हत्याको हिंस्रक, क्रुर र भयानक टेप सुन्दिनँ,’ ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी पत्रकार जमाल खासोग्गीको हत्याको रेकर्डिङबारे आफूलाई जानकारी भएपनि उक्त रेकर्डिङलाई आफैंले भने नसुन्ने जानकारी दिएका छन् ।

उनले आइतबार फक्स न्यूजसँगको कुराकानीमा भने, ‘त्यो एक कष्टदायी र भयानक टेप हो ।’

उनी किन टेप सुन्नेछैनन् ?

ट्रम्पले आफूलाई टेपबारे पूर्ण जानकारी दिइसकेकाले यो सुन्न आवश्यक नै नभएको बताएका छन् ।

उनले फक्स च्यानलसँग भने, ‘मैले टेप नसुनिकनै यसबारे सबै थाहा पाइसकेको छु, यो निकै हिंस्रक, क्रुर र भयानक छ ।’

टर्कीले कथित रुपमा अमेरिका र अन्य पश्चिमी सहयोगीसँग यो रेकर्डिङ साझा गरेको हो ।

ट्रम्पले मोहम्मद बिन सलमानले आफूलाई हत्याबारे केही जानकारी दिएको उनले फक्स च्यानललाई बताए ।

ट्रम्पले भने, ‘हुनसक्छ हत्याको पछाडि कसको संलग्नता थियो त्यसबारे कसैलाई थाहा नहोला ।’

उनले हत्याको संदिग्धमाथि लगाएको अमेरिकी प्रतिबन्धतर्फ ईशारा गरे ।

उनले थपे, ‘तर हाम्रो अगाडि एक सहयोगी छन् र म सहयोगीसँग सम्बन्धमा रहिरहन चाहन्छु जुन विभिन्न कुरामा राम्रो छ ।’

अमेरिका यो हत्यामा के भन्छ ?

यद्यपी, सिआइएसँग युवराज सलमानलाई जिम्मेवार ठहराउनका लागि स्पष्ट प्रमाण छैन तर खबरका अनुसार अधिकारीले यो उनको मञ्जुरीबिना हुनै सक्दैनथ्यो भन्ने मान्यता राख्छन् ।

तर शनिबार विदेश मन्त्रालयले अमेरिकी सरकारले अहिले पनि थुप्रै प्रश्नका जवाफ नपाइएकाले अहिले नै कुनै निष्कर्षमा पुग्न नसक्ने जानकारी दिएको छ ।

राष्ट्रपति ट्रम्पले सिआइएसँग उसको निष्कर्षमाथि कुराकानी गरेका छन् । उनको फक्समाथि साक्षात्कार सिआइएको निष्कर्ष आउनुअघि रेकर्ड भएको थियो र उनले आफ्नो प्रशासनको निर्णय आउन बाँकी भएको जानकारी दिएका थिए ।

उनले संवाददातासँग भने, ‘अर्को दुई दिनमा सायद सोमबार वा मंगलबार हामीसँग पूरा रिपोर्ट हुनेछ ।’

ट्रम्पकी सहयोगी रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले आफूलाई युवराजको अस्विकारमाथि विश्वास नभएको बताइकी छिन् ।

उनले एनबीसीसँग भनिन्, ‘यदि उनी साउदी अरबका सत्ता सम्हाल्ने योजनामा छन् भने मलाई लाग्छ उनको साम्राज्यले विश्व स्तरमा मुश्किल समय देख्नुपर्छ ।’

सिआईएले कथित रुपमा साउदी युवराज मोहम्मद बिन सलमानको हत्याको आदेश दिएको बताएको छ तर अहिलेसम्म ह्वाइट हाउसले आधिकारिक रुपमा यस्तो बताएको छैन ।

साउदी अरबले हत्यामा युवराज सलमानको संलग्नताको खबरलाई खारेज गर्दै उनलाई हत्याको कुनै पनि जानकारी नभएको बताएको छ ।

विवाहसम्बन्धि दस्तावेजका लागि खासोग्गी अक्टोबर दुई तारिखमा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास गएका थिए जहाँ उनको हत्या गरिएको थियो । उनी साउदी सरकारका आलोचक मानिन्थे ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *