लण्डन । नेपालीहरूको महान चाडका रूपमा रहेको दसैँ तिहार नेपालभित्र मात्र हैन सात समुन्द्रपारी पनि विदेशमा खुसीयाली बाँड्दै र आपसमा मायामोह साट्दै धूमधामका साथ मनाइन थालेको छ।
शान्ति नेपाली समाज बेलायतले दिपावलीको अवसर पारी वेलायतको बर्मिङ्घम स्थित वेष्ट ब्रोम्विच, Kingstanding र यर्ड्लीमा देउसी भैलो कार्यक्रम गरेको हो ।
समाजले आपसी सद्भाव र रितिरिवाज अनि चाडपर्वलाई जीवन्तता दिन बर्मिघम, वेष्ट र्वमिनवीच, ग्रेट बरर, किंग्सट्याण्डीगं, यार्रली क्षेत्रमा १ सय ५० घर धुरीमा भैलो खेलेर ७ हजार १ सय ७१ पाउण्ड ( १० लाख रुपैयाँ) संकलन) भएको समाजकी प्रवक्ता अन्जु पाठक बताउनु हुन्छ ।
संकलित रकमबाट नेपाली बालबालिकालाई नेपाली भाषा कक्षा संचालन गर्ने उद्देश्यका साथ देउसी भैलो कार्यक्रम गरेको समाजकी प्रवक्ता पाठक लन्डन नेपाल न्यूज डटकम लाई बताउनु हुन्छ ।
शान्ति नेपाली समाज बेलायतका अध्यक्ष लिला बहादुर थापाले परदेशमा बसेर नेपालीपनमा चाडबाड मनाउन पाउनु भाग्यको विषय रहेको बताउँछन्।
कार्यक्रम सम्पन्न गर्न बर्मिङ्घमवासी आमा बुवा, दाजुभाई, दिदी बहिनी, नानी बाबु, महिला, बृद्ध, समाजसेवी, संस्थाका संस्थापकहरू, निबर्तमान सल्लाहकार एवं कार्यसमिति पदाधिकारी लगायतको उपस्थिति थियो ।
समाजले संस्थालाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति आभार प्रकट गरेको छ ।






