लन्डन । एनआरएनए कतारले आईसीसीका संस्थापक अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक डा. उपेन्द्र महतोसँग भेटघाट कार्यक्रम आयोजना गरेको छ । महत्तोसँग एनसीसी कतारले भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरेको हो ।
संस्थाका कार्यवाहक अध्यक्ष तेज कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आईसीसी संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोल, मानार्थ परिषद सदस्य टि।बि। कार्की, नरेन्द्र भाट, आईसीसी पूर्व उपाध्यक्ष सागर नेपाल, आईसीसी पूर्व मध्यपूर्व क्षेत्रीय संयोजक बद्री पाण्डे, आईसीसी सदस्य बिनोद भट्टराई, एनसीसी कतारका पदाधिकारी तथा सदस्यहरू र सल्लाहकारहरूको उपस्थिति रहेको थियो ।






