लण्डन आइपुग्दै पूर्व प्रम नेपाल,कलाकार गजुरेल, गायक मोक्तान र मोडल मरिस्का

लण्डन । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल यूके आउँदै छन् । यति नेपाली एशोसियसन युके तथा गैर–आवासीय नेपाली संघ युकेको संयुक्त आयोजनामा नेपालको दुर्गमका बालबालीकाको स्स्थ्य र शिक्षा सहयोगको लागि अध्यारोवाट उज्यालोतर्फ नामक सेवामूलक सहयोगको लागी सामाजिक च्यारिटी कार्यक्रम मा नेपाल यूके आउन लागेका हुन ।
आजै नेपाल नेपालबाट यूके प्रस्थान गरिसकेका छन् । पूर्व प्रधानमन्त्री नेपाल बेलायत स्थित लण्डन ग्रीनफोर्ड टाउन हलमा यही आउदो १७ नोभेम्बर २०१८ का दिन च्यारीटी कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागि हुनेछन् । 
कार्यक्रम संयोजक एवम यतीका पुर्व अध्यक्ष उमेस राज मोक्तानका अनुसार कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मुख्य अतिथी र बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदी विशेष अतिथि रहेका छन् ।
सोहि कार्यक्रममा प्रस्तुति गर्न कलाकार मनोज गजुरेल, गायक हेमन्त मोक्तान र मोडल तथा नायिका मरिस्का पोखरेल पनि उनीसंगैै लण्डन आइपुग्दैछन् ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल प्रवासी नेपाली मन्च बेलायत र नेपाली जनप्रगतिशिल मन्चको कार्यक्रममा सहभागि हुने
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेतासमेत रहेका नेपाल बेलायत रहने क्रममा प्रवासी नेपाली मन्च बेलायत र नेपाली जनप्रगतिशिल मन्च बेलायतको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा सहभागि हुने तय भएको छ ।
बेलायतमा यहि आउँदो १८ नोवेम्बर २०१८ आइतबारका दिन साझ छ बजे Aldershot को Empire हलमा  भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि हुने कार्यक्रम रहेको प्रवासी नेपाली मञ्च युके अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *