फेरी बन्दुक बोक्छाँै ः ओली

गगनशिला खड्का
गुल्मी ११ चैत । एकीकृत नेकपा माओवादीका पोलिटव्यूरो सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले फेरी हतियार उठ्न सक्ने चेतावनी दिएका छन् । जनआन्दोलन पश्चिमाञ्चल संयोजक तोकिएका ओलिले आफूहरुले संविधान मात्र भन्दा पनि जनतनाका हक अधिकार सुनिश्चित हुने गरी संविधान बनाउन चाहेकोले त्यसो हुन नदिईएमा बन्दुक उठ्न सक्ने चेतावनी दिएका हुन्  । गुल्मीको सदरमुकाम तम्घासमा पत्रकारहरु संगको भेटघाटमा उनले २०४८ सालसम्म तेश्रो पार्टि हुँदा सदनमा कुरा उठाउँदा पनि कुरा नसुनेकोले बन्दुक बोक्न बाध्य भएको भन्दै उहाँले आन्दोलनबाट पनि नसुनेमा फेरी त्यो अवस्था आउने बताए  ।
अहिले प्रधानमन्त्री सहित काँग्रेस एमालेका नेतृत्वकर्ता १२ बुँदै समझदारीदेखि नै विरोधी रहेकोले समस्या समाधान हुन नसकेको बताए  । प्रधानमन्त्री र दुवै पार्टीका प्रमुख नेता आन्दोलनका उपलब्धिलाई बचाउने भन्दा पनि मार्न चाहेको उनको आरोप छ । उनीहरुले बाहिर बार्ता भनेर नाटक गरेपनि भित्री रुपमा वार्ता नचाहेकोले नै वार्ता सफल हुन नसकेको उनको  भनाई छ ।
संविधान सभाको मुद्धा आफूहरले आन्दोलन मार्फत नै ल्याएको भन्दै ओलीले संविधान सभाको प्रस्तावकलाई नै बाहिर राखेर संविधान बनाउन खोजे आन्दोलनबाटै त्यसको रक्षा गर्ने बताए  । उनले पछिल्लो पटकका राजनीतिक दलका कृयाकलाप, सर्बोच्वको आदेश लगायतका कुराले आन्दोलनको उपलब्धि बनाउने भन्दा पनि मार्ने किसिमले भएको दावी गरे ।  बहुमतको आधारमा पेल्ने किसीमले गएर संविधान विश्वमा नभएको भन्दै उनले आन्दोलनका पक्षधरमा सहमति गरेर नयाँ संविधान बनाउनु नै उत्तम उपाय भएको बताए  ।
आफूहरु सहमतिको संविधानको पक्षमा रहेको दावी गर्दै उनले अघिल्लो संविधानसभामा जवर्जस्ती संविधान जारी गर्न सक्ने भएपनि नगरेको तर अहिले काँग्रेस एमालेले त्यो नसोचेर पेलेर जान खोजेको बताए  । आफूहरुले  काँग्रेस एमाले पनि आन्दोलनका पक्षधर रहेकोले उनीहरुलाई एक्लाएर नगएको तर अहिले काँग्रेस एमालेले त्यो नसोँचेर एक्लै हिँडेकोले उनीहरु प्रजातन्त्रबादी नभई फासिस्ट भएको संज्ञा दिए  ।