फुङलिङमा भएको आगलागीबाट ३० करोडको क्षति भएको प्रारम्भिक अनुमान

ताप्लेजुङ, चैत १० – ताप्लेजुङको सदरमुकाम फुङलिङमा भएको आगलागीबाट भौतिक बाहेक ३० करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागी पीडितले दिएको विवरण अनुसार ३० करोडको क्षति भएको प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद अधिकारीले बताउनुभयो । फुङलिङ–४ तोक्मे क्षेत्रमा सोमबार बेलुका भएको आगलागीबाट ४४ घर जलेका छन् भने १ सय ६२ घर परिवार विस्थापित भएका छन् ।