भीमदत्तनगर, ६ माघ । बिरामी बालकको उपचार गर्न अस्पतालमा नलगी धामीझाँक्रीको भर पर्दा बैतडीमा दुर्गास्थान–६ का १८ वर्षीय जनकराज बडूको मृत्यु भएको छ ।
सिकिस्त बिरामी परेको दुई दिनसम्म पनि अस्पताल नलगी धामीझाँक्रीले बिरामी बडूलाई सन्चो बनाउने भन्दै पटक पटक आश्वासन दिएका थिए । यही माघ १ गतेदेखि अन्नसमेत खान छाडिसकेका बडू माघ ४ गते मात्रै स्वास्थ्यचौकी दुर्गास्थानका सिनियर अहेब राजबहादुर चन्दको सम्पर्कमा आएका थिए । बिरामीको घरमै गई अहेब चन्दले अस्पताल लैजान सल्लाह दिएपछि मात्रै उनलाई सोमबार जिल्ला अस्पताल बैतडी लगिएको थियो ।
जिल्ला अस्पतालले बडूको उपचार बैतडीमा सम्भव नहुने बताएपछि उपचारका लागि कोहलपुर पठाएकामा मध्यरातमै बाटामा नै उनको मृत्यु भएको हो । रासस
धामीझाँक्रीले लिए किशोरको ज्यान






