हाम्रो लागी आएको बजेट कहाँ छ ?

गगनशिला खड्का
गुल्मी ११ चैत । सडक निर्माण भएको डेढ दशक बढी हुँदा पनि गुल्मी १ र वाग्लुङ्गको क्षेत्र नं ३ का जनतालाई बाहिरीजिल्ला संग जोड्ने एकमात्र सडक कालोपत्रे हुन नसक्दा हैरान परेका स्थानीयलाई सरकारले करोडौँ रकम छुट्याएको भएपनि बालुवामा पानी भएकोमा धेरै चिन्ता छ । ‘रीडिदेखि रुद्रवेणी वामी हुँदै बुर्तिबाङ्ग जोड्ने सडकमा करोडौँ रकम खर्च भयो तर अहिलेसम्म पनि बर्खामा पटक पटक बन्द हुँदा हजारौँले दुःख पाउनुपर्छ तर कसैले हेर्दैन ’ गुल्मी जोहाङ्ग गाविसका मुक्ती भण्डारी भन्छन् – ‘यस भेगका जनता आफैले एक एक हजार दुई हजार उठाएर ति¥यौँ तर पटक पटक जिल्ला विकास समितिमा जाँदा पनि यसको सुनुवाई भएन, यसका लागि आएको बजेट खै ?’
गुल्मीको क्षेत्र नं १ का अधिकाँस गाविसमा कालिगण्डकी ए परीयोजनाका कारण पानी नहुँदा खेतबारीँ बाँझै राखेका बसेका जनता अँध्यारोमा बस्नुपरेको अर्को चिन्ता छ । तर त्यसबापत लाखौँ रोयल्टी आउने भएपनि त्यो कहाँ छ उनीहरुलाई थाहा छैन ।  ‘कालिगण्डकी ए को पानी सुकाएर अर्कोतिरबाट लगेपछि यहाँका धेरै गाविस प्रभावित छन् ’ नेपाली काँग्रेसका क्षेत्रीय सभापति पाराश्वर ढकालले भने –  प्रभावित गाविसका जनतालाई करीव करीव एक करोड रकम रोयल्टी दिन्छ, त्यो यहाँका जनताले पाउन सकेका छैनन् ।’ त्यो रकम सार्वजनिक गर्न उनले स्थानीय निकायसंग माग गरे ।
यी दुई प्रतिनिधी घटनामात्र हुन् । तर भौगोलिक हिसावले सरदुमकाम संग दुरी टाढा भएको गुल्मीको क्षेत्र नं. एकका जनताले यस्ता सयौँ योजनाका लागि सरकारले दिएको बजेट कहाँ छ पत्तो नपाउँदा आफूहरु पछाडी परेको बताएका छन् । जिल्लाका सरकारी अधिकारी र राजनीतिक दलहरुले आफ्नो क्षेत्रलाई विकाश बजेट कम छुट्याउने र छुट्याएको पनि सदुपयोग नहुने गरेको गुनासो उनीहरुको छ । जोहाङ्ग, हसरा, जुनिया लगायतका स्थानियले मोटरवाटो निर्माण, सडक मर्मत, कृषी, पशु, स्वास्थ्य सम्बन्धी विषयमा सम्बन्धित कार्यालयका प्रमुखहरुलाई जिज्ञासा राखेका थिए ।
निर्माणका कुरामा मात्रै होईन जनताको जिवनस्तर परीवर्तनका लागि आएको रकम समेत कर्मचारीहरुका कारण सदुपयोग हुन नसकेकोमा जनताको चिन्ता छ । स्थानीय सेवा केन्द्र हुदाँ हुदैँ पनि जिल्ला कृषी विकास कार्यालय मार्फत दिने अनुदान लिन सदरमुकाम पुग्दा भाडामै रकम सिद्धिने गरेकोले किसान निराश भएको हसरा गाविसका ओम प्रकाश भण्डारीले बताए । ‘कृषी सेवा केन्द्र जोहाङ्गमा हुदाँ हुदैँ दुई हजार अनुदान लिन तम्घास पुग्नुपर्छ, त्यो भाडामै सकिन्छ भण्डारीले भने – ‘यहाँ त्यो सेवा केन्द्र छ,त्यसको सिफारिस लिएर तम्घास जानुभन्दा यहीवाट पाउने व्यवस्था मिलाईदिए हुन्थ्यो ।’  उनले किसानले उत्पादन गरेका तरकारी र दुधको बजार नहुदाँ काम गर्न जाँगर नलागेको दुखेसो पोख्दै भण्डारीले बजारको व्यवस्थापन गरिदिए आफुहरुले दुध र तरकारी पर्याप्त मात्रमा उत्पादन गर्न सकिने बताए ।
जनताका यस्ता गुनासा  धेरैपटक सुनिएपछि एक नम्बर क्षेत्रका जनताका समस्या बुझ्न जिल्लाका सरकारी कार्यालयले गाउँमै सार्वजनिक सुनुवाई राखेका थिए । कार्यक्रममा अधिकाँस जनताको प्रश्न थियो ‘हाम्रो लागि आएको बजेट कहाँ छ ?’ जिल्लाको ग्रामिण क्षेत्र जोहाङ्गमा गरिएको सार्वजनिक सुनुवाईमा सहभागी हुन अधिकांश सरकारी कार्यालयका प्रमुखहरु गाउँ पुगेका थिए  ।
सकेसम्म बजेटमै उपेक्षा गरीएको र जेनतेन बजेट विनीयोजन गरीएको भएपनि रकम निकासाका लागि कर्मचारीको लापर्वाहीले गर्दा अत्यन्तै दुख भएको उनीहरुको गुनासो छ । गाविस सचिवको लापर्वाहीका कारण पुरातत्व विभागबाट छुट्टीएको साढे दुईलाख रुपैयाँ निकाशा नहुँदा काम गरेर पनि ऋण व्यहोर्नुपरेको जोहाङ्गका विष्णु प्रसाद भण्डारीको भनाई छ ।  स्थानियका प्रश्नको जबाफ दिदैँ कार्यालय प्रमुखहरुले गुल्मीका अरु २ वटा निर्वाचन क्षेत्र भन्दा क्षेत्र नं १ भौगोलिक रुपमा पनि विकट भएको स्वीकार्दै आफ्नो ध्यान पुग्न नसकेको बताएका छन् । उनीहरुले स्थानियलाई आगामी दिनमा आ—आफ्नो कार्यालयको तर्फवाट कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।   स्थानियका जिज्ञासालाई सम्वोधन गर्दे स्थानिय विकास अधिकारी डिलाराम पन्थीले समयमै काम सम्पन्न गरेका कुनै पनि योजनाको रकम भु    क्तानी गर्न बाँकी नरहेको जानकारी दिए । उनले काम सम्पन्न भएपछि मात्र सबै रकम भुक्तानी दिने भएकाले समयमै सम्पन्न गर्न आग्रह पनि गरे ।