कागेश्वरी मनोहरा नगरपालिका वार्ड नं ८ मा समुदाय-प्रहरी साझेदारी समिति गठन

काठमाडौं, आज एक बिशेष कार्यक्रम बिच काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वार्ड नं ८ मा समुदाय-प्रहरी साझेदारी समिति गठन गरिएको छ। समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अमनचैन कायम गर्न प्रहरी र समाजलाई एक अर्काको परिपुरक बनायर अगाडि बड्नुपर्ने उदेश्यले रास्ट्रिय स्तरबाट नै उक्त अभियानको शुरुवात गरियको कार्यक्रमका प्रमुख अतिथि तथा महानगरिय प्रहरी बृत्त बानेश्वरका डि यस् पि गोबिन्द प्रसाद काफ्लेले जानकारी गराउनु भयो । कागेश्वरी मनोहरा नगरपालिका वार्ड नं ८ का वार्ड अध्यक्ष श्रीकृष्ण चापागाईंको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी, बुद्दिजिवि, बिभिन्न संघ-संस्थाका प्रतिनिधि तथा आम सर्बसाधारणको बाक्लो उपस्थिति रहेको थियो । कांडाघारि प्रहरी प्रभागको आयोजनामा भएको सो कार्यक्रमको संचालन भने कांडाघारि प्रहरी प्रभागका इन्चार्ज इस्पेक्टर सुधिर राईले गर्नुभएको थियो ।नवगठित कार्यसमितिको संयोजकमा कागेश्वरी मनोहरा नगरपालिका वार्ड नं ८ का वार्ड अध्यक्ष श्रीकृष्ण चापागाईं, सह-संयोजकमा कांडाघारि प्रहरी प्रभागका इन्चार्ज इस्पेक्टर सुधिर राई, सदस्यहरुमा वार्ड सदस्य अस्टलाल श्रेष्ठ, मथुरा चापागाईं, गुणकेशरी श्रेष्ठ कोइराला, शिशिर कुमार राई (वडा सचिब),मणिराम लामिछाने (प्र.सा.नि. कांडाघारि प्रहरी प्रभाग) तथा संचारकर्मि रमेश पोखरेल रहनु भएकोछ । त्यसैगरि कार्यसमिति सदस्यमै सामुदायिक तथा सामाजिक संस्थाको तर्फबाट सन्तोष दाहाल, कुलराज सुब्बा, सत्यमान लामा र जयकला बस्नेत छनोट हुनुभएकोछ भने महिला संजाल तथा आमा समुहबाट सुनिता लम्साल, कमला त्रिपाठि र सिता दाहाल सदस्यमा मनोनित हुनुभएकोछ । यसैगरि स्थानिय क्लबको तर्फबाट राम पुडासैनि, लक्ष्मण दाहाल र बाल मुकुन्ड दाहाल सदस्यमा मनोनित हुनुभएकोछ । नवगठित कार्यसमितिमा नागरिक समाजका प्रतिनिधिहरुको तर्फबाट बुद्दी गौतम, राजेश खनाल, सुर्य प्रसाद निरौला, कुमार रायमाझी, उध्योग खत्री, श्रीराम दाहाल, यादव चापागाईं र हरि कुमार बस्नेत सदस्यको मनोनयनमा पर्नुभएकोछ ।
समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अमनचैन कायम गर्न प्रहरी र समाज बिचको यो सहकार्यले सफलता हांसिल गरोस्, नवगठित कार्यसमितिका सम्पुर्ण माहानुभवहरुलाई हार्दिक बधाई तथा शुभकामना लण्डन नेपाल न्यूज डटकमको सम्पुर्ण टिमको तर्फबाट..!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *