धनगढी – कञ्चनपुरमा बेलडाडीका एक वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ बर्षीय कृष्ण बहादुर रोकाया रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । किसान मध्यवर्ती वन भित्र रुखमा झुण्डिएको अवस्थामा शुक्रबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।
घर भन्दा करिब एक किलोमिटर टाढाको जंगलमा झुण्डिएको अवस्थामा वडाध्यक्ष रोकायाको शव फेला परेको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिए ।






