अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा राजन खकुराल निर्वाचितअरु को को आए समितिमा.

लण्डन।अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा समाजसेवी तथा व्यावसायी राजन खकुराल निर्वाचित भएका छन् । आईतबार १० अक्टोबर आज सम्पन्न भएको महाधिवेशनले खकुरालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको थियो।

समाजको बरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ(नेपाल) प्रथम उपाध्यक्षमा काशी दनै(बेल्जियम) द्धितीय उपाध्यक्षमा सबिन थपलिया(अस्ट्रेलिया)महासचिव राजेन्द्र श्रेष्ठ(जापान)सचिवमा राजेन्द्र थपलिया(दक्षिण कोरिया) सचिवमा बाबुकाजि भण्डारी(जापान) कोषाध्यक्षमा भगवती उप्रेती(नेपाल) सह कोषाध्यक्षमा रामकुमार थापा(नेपाल)निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा निरु त्रिपाठी(अस्ट्रेलिया) शरद शर्मा दाहाल(अस्ट्रेलिया)दिपेश सिंखडा(अस्ट्रेलिया)रामबाबु दनै(जापान) राजेश्वर बस्नेत(जापान)सुजता दुवाडी(जापान) महिन्दो वाईवा(बेल्जियम) विशमाल तिवारी(बेल्जियम) मान बहादुर श्रेष्ठ (भारत), भिशेष लोहनी (फिनल्याण्ड) र प्रमिला धमला बन्जरा (संयुक्त राज्य अमेरिका)निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिका संयोजक लोक प्रसाद दाहाल(बेल्जियम) थिए भने सह-संयोजक भुवन गुरुङ (नेपाल) , सदस्य सचिव  पुन्य रेग्मी (बेलायत),सदस्य प्रकाश धमला (साउथ कोरिया) , सदस्य राज कुमार अधिकारी (जापान) मुख्य सल्लाहकारहरु किरण अधिकारी(अस्ट्रेलिया) र कृष्ण तिमल्सेना (बेलायत) थिए।

यसैगरी बिधान संसोधन समितिमा संयोजक रामशरण सिम्खडा (बेलायत) थिए भने सदस्यमा सचिव डा प्रताप छत्कुली(नेपाल) सदस्य बाल कृष्ण श्रेष्ठ (फिनल्याण्ड) तथा  सल्लाहकार दिवाकर पाण्डे (अमेरिका) थिए।

सस्थाको नेतृत्व सम्हाल्दै गरेका नवनिर्वाचित अध्यक्ष खकुराल यसघि प्रवक्ताको भूमिकामा थिए।  उनले कोविडको सुरुवाती समय देखिनै जिल्लामा विभिन्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन। त्यस्तै, नवनिर्वाचित कार्यसमितिका तर्फबाट अध्यक्ष खकुरालले संस्थालाई थप उचाइमा पुर्‍याउने गरी काम गर्ने प्रतिवद्धता गरेका थिए ।

निवर्तमान अध्यक्ष नानुकाजी अर्यालको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा संघीय सांसद खेम प्रसाद लोहनीको प्रमुख आतिथ्य रहेको थियो।अधिवेशनमा प्रदेश सांसद जगत सिंखडा,नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगाना,एनआरएनए अध्यक्ष कुमार पन्त, एनआरएनए आईसीसी सह कोषाध्यक्ष लोक प्रसाद दाहाल एनआरएनए का सल्लाहकार कुल आचार्य, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आर्चाय,जिल्ला समन्वय समितिका उप प्रमुख बिन्दा बरामुको विशेष आतिथ्य रहेको थियो । यसैगरी धादिङका १३ वटै स्थानिय तहका प्रमुखहरु,नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष राजाराम शर्मा,स्वास्थ्य कार्यालय धादिङका प्रमुख भुवन पौडेल,जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुवन झा लगायत सरोकारवाला निकायहरुको आतिथ्य रहेको थियो ।

अन्तराष्ट्रिय धादिङ समाज धादिङबाट विभिन्न पेशा तथा व्यावसायको लागि विश्वभर छरीएर रहेका नेपालीहरुको साँझ संगठन हो ।समाजले स्थापनाका शुरुवाती समयदेखि नै जिल्लाका विभिन्न स्थानमा  थुप्रै परोपकारी काम गरिसकेको छ । विशेष गरी समाजले विपत्ती परेको समयमा वा अन्य प्राकृतिक प्रकोपको बेलामा मातृभुमिलाई सहयोग गर्दै आईरहेको छ

अध्यक्ष राजन खकुरालका प्रतिबदताहरु

१) संसार भर मा बसोबास गर्ने धदिन्गेली हरुलाई एकै छाता मुनि ल्याउने र नेपाल भित्र र बाहिर उनीहरुको हितको संरक्षण र प्रवर्द्धन गर्ने र उनीहरुको क्षमता र स्रोतहरुको उपयोग धादिंगको हितमा गर्ने।
२) राष्ट्रिय समन्वय परिषदहरु संग समन्वय तथा सहकार्य गर्ने।
३) संस्थागत र वित्तीय स्थायित्व गरि नेपाल सरकार तथा गैर आवासीय नेपाली संघ संग समन्वय तथा सहकार्य गर्ने
४) राष्ट्रिय समन्वय परिषदहरुहरुको संख्या बढाउने
५) धदिन्गेली आप्रवासी कामदारहरुको निष्पक्ष र न्यायोचित अधिकारहरुको प्रवर्द्धन र समर्थन गर्ने।
६ ) धादिंगमा बृहत समुदायहरुको हितको लागी दिगो सामाजिक प्रभाव गतिविधिहरु लाई बढावा दिने र संलग्न हुने