विश्वको सबैभन्दा धनी बस्ने मडाइना सिटीमा एसी शेर्पाले फहराए नेपालको झण्डा : बढाए नेपालको शान उच्चो

यतिबेला भने एसी शेर्पाको जीवनको सफलताको कथा सुन्दा निकै रोचक र सबैको लागि प्रेरणादायी बन्न पुगेको छ । एसी अहिले संसारको धनी बस्ने मडाइना सिटीमा बस्छन् । मडाइना सिटी भन्ने बित्तीकै विश्वभरीका सबैभन्दा धनी ब्यक्ती बस्ने सिटीका रुपमा चिनीन्छ । अहिलेका संसारका सबैभन्दा धनी जेफ बेजोस, एमाजोन र दोस्रोमा बिल गेट्स, माइक्रोसफ्ट हुन । साथै संसारको २२ औ धनी ब्यक्तीको रुपमा स्टीभ भोल्मर हुन । 

लन्डन । विश्वको सबैभन्दा धनी बस्ने सिटीमा नेपालको झण्डा फहराउँदै एनआरएन एसी शेपाले नेपालको शान उच्चो बनाएका छन् । सोलुखोम्बु जिल्ला टाप्टीङ नगरपालिका १० दुधकुण्डामा जन्मे पनि सानैदेखि अमेरिका बस्दै आउनुभएको एक गैरआवासीय नेपालीले संसारका धनी बस्ने सिटीमा घर किनेरै नेपालको झण्डा फरफराई नेपालको शान उच्चों बनाउन सफल भएका हुन ।

अमेरिकामा बसेर पनि नेपालको शीर उच्चों बनाउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउनु भएको एसी शेर्पाले संसारको सबैभन्दा धनी बस्ने शहरमा घर किन्दै नेपालको झण्डा फहराउन सफल भएका हुन । सानैदेखि सघर्ष गर्ने स्वभावको एसी जीवनको कालखण्डमा नसोचेको प्रगतिपथमा पुग्न सफल भए ।

नेपालको लागि आफू जहाँ बसे पनि नेपालको प्रचार प्रसार गर्ने र नेपालको शान उच्चाें बनाउन भुमिका खेल्ने कार्यमा एसीको भूमिका महत्वपूर्ण छ । एसी विश्वको सर्वोच्च शिखर सातै महादेश (सेभेन समिट ) को छोटो समयमा सफल आरोहण गरेर विश्व कीर्तीमानी राख्दै अहिले संसारको सबैभन्दा धनी बस्ने अमेरिकाकाको मडाइना सिटीको छिमेकी बन्न सफल भए ।

शेर्पाले चढेको दिन गनेर ४२ दिनमा सातै महादेशका अग्लो हिमालमा आरोहण सफल गरेर विश्व कीर्तिमान राख्न राखेका थिए । एसी सानै उमेरमा अमेरिकामा पुग्नु भयो । सन् १९८७ मा १३ वर्षको उमेरमा अमेरिका पुगेर उतै हुर्कनु भएको एसीले सोही ठाउँबाट उच्च शिक्षा हासिल गरे । एसीलाई त्यो समयको सघर्षको पल अहिले पनि झलझल्ती सम्झना आउँछ । ’बाटोमै सुत्तेको त्यो क्षण अहिले पनि सम्झना आउँछ’, एसी भन्छन्, ’सघर्ष गरेरै हुर्केको र पढेको हो, दुख नगरी सुख हुँदो रहेनछ ।’ एसी थप्छन्, ’जीवनमा कहिल्यै हरेस खाइएन तर नगरेका काम पनि केहि छैन ।’ आफूले सानैदेखि दुख गरेर हुर्केकै कारण भएर होला एसी अहिले संसारको धनी बस्ने शहरमा बस्दा पनि आफूमा त्यस्तो भावना कहिल्यै नआएको बताउँछन् ।

एसी विश्वको सर्वोच्च शिखर सातै महादेश (सेभेन समिट ) को छोटो समयमा सफल आरोहण गरेर विश्व कीर्तीमानी राख्दै अहिले संसारको सबैभन्दा धनी बस्ने अमेरिकाकाको मडाइना सिटीको छिमेकी बन्न सफल भए । 

एसी दुई वर्षदेखि संसारका सबैभन्दा धनी बस्ने ब्यक्तीको छिमेकी बनेका हुन । ’निरन्तर मिहेनत र कर्म गर्नुपर्ने रहेछ, ढिलो चाँडो भगवानले पनि साथ दिने रहेछन’, एसी भन्छन्, ’अहिले पनि मलाई खान लाऊन पुगोस दिन पुगोस भन्ने भावना नै आउँछ ।’ ’गरिब दिन दुखीलाई सेवा गर्नुमै बढी आनन्द महसुस गरेको छु’, एसी बताउँछन् ।

यतिबेला भने एसी शेर्पाको जीवनको सफलताको कथा सुन्दा निकै रोचक र सबैको लागि प्रेरणादायी बन्न पुगेको छ । एसी अहिले संसारको धनी बस्ने मडाइना सिटीमा बस्छन् । मडाइना सिटी भन्ने बित्तीकै विश्वभरीका सबैभन्दा धनी ब्यक्ती बस्ने सिटीका रुपमा चिनीन्छ । अहिलेका संसारका सबैभन्दा धनी जेफ बेजोस, एमाजोन र दोस्रोमा बिल गेट्स, माइक्रोसफ्ट हुन । साथै संसारको २२ औ धनी ब्यक्तीको रुपमा स्टीभ भोल्मर हुन ।

हो, एसी यी तीनै संसारका सबैभन्दा धनी ब्यक्तीको छिमेकी बन्नु भएको हो । विगत दुई वर्षदेखि उहाँ मडाइना सिटीमा बस्दै आएका छन् । विश्वका सबैभन्दा धनी बस्ने यो सिटी जहाँ घर किन्नै पाइँदैन् । जतिसुकै पैसा खर्च गर्न चाहे पनि सो सिटीमा घर किन्नै नपाइने भए पनि एसी भने एक भाग्यमानी गैरआवासीय नेपालीका रुपमा परिचित भएका छन् ।

एसी भन्छन्, ’आफनो बिगनेसको क्रममा खोज्दै जाने क्रममा मडाइनामा घर पाइयो । घर पाइएसँगै नगदै भुक्तानी गरेर घर खरिद गरेको हुँ ।’ एसी अहिले सो घरमा बस्नुहुन्छ, जुन घरमा नेपालको झण्डा फरफराइएको छ । एसीले आफनो घरमा नेपालको झण्डा फरफराएपछि छिमेकीले निकै चासोका साथ हेर्ने गरेको र नेपालको बारेमा जिज्ञासा राख्ने गरेको बताउँछन् ।

एसीेले पाँच मिलीयनमा सो शहरमा घर किनेका हुन । अहिले भने घरको मूल्य करिव ९ मिलीयन पुगिसकेको छ । सो सिटीमा घरको मूल्य नै न्यूनतम ५० करोड पर्छ । मडाइनामा बस्न थालेको दुई वर्षको अवधिमा मर्निङ वार्कको सिलसिलाममा एसीले विल गेट्सलाई दुई पटक भेट गरेका हुन । सो भेटमा एसीले विल गेट्सलाई नेपाल भ्रमणको लागि आग्रहसमेत गरेको बताए । एसीले आफनो आग्रहलाई बील गेट्सले स्वीर्कादै आफनो जीन्दगीमा घुम्ने स्थलमध्येको एक नेपाल पनि परेको बताउँदै एक दिन आफनो परिवारसहित नेपाल भ्रमण गर्ने जवाफ दिनुभएको जानकारी गराए । साथै बील गेट्सले नेपाल भ्रमणमा जाँदा एसी शेर्पाको सम्र्पकमा जाने बताएका थिए ।

नेपालमा भूकम्प जाँदादेखि नेपालमा भएको नाकाबन्दी हुँदै, तराईमा आएको बाढीलगायतका प्राकृतिक विपत्तिमा एसीको योगदानको मुक्तकण्डले प्रशंसा भइरहेको छ । साधा जिवन उच्च विचार राख्ने स्वभावको एसी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।

एसी अहिले सो वासिङटन स्टेटको अवैतानीक वाणिज्य दुतसमेत हुनुहन्छ । गेट्सको नेपाल भ्रमणको लागि विभिन्न निकायसँग कुराकानी भइरहेको एसीले बताए । विश्वका संबैभन्दा धनी ब्यक्तिसँग संगत गरिरहनु भएको एसीको योजना विल गेट्सलाई नेपाल भ्रमण गराउनुमा नै बढी केन्द्रित छ ।

गैरआवासीय नेपाली संघको अभियानमा स्थापनकालदेखि नै लाग्दै आउनुभएको एसीले एनआरएनका विभिन्न भुमिकामा रहेर काम गरिसकेका छन् । उनले सन् (२०१५–२०१७ ) मा एनआरएन अमेरिकाज् क्षेत्रको क्षेत्रीय उपसंयोजक डिआरसी पदमा रही कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका थिए । साथै नेपालको कुनै पनि प्राकृतिक विपत्तिमा एसीले महत्वपूर्ण सहयोग पुर्याउँदै आउनुभएको छ । नेपालमा भूकम्प जाँदादेखि नेपालमा भएको नाकाबन्दी हुँदै, तराईमा आएको बाढीलगायतका प्राकृतिक विपत्तिमा एसीको योगदानको मुक्तकण्डले प्रशंसा भइरहेको छ । साधा जिवन उच्च विचार राख्ने स्वभावको एसी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।

एसीले आफनै जिल्ला सोलुखुम्बुका धेरै क्षेत्रमा सहयोग गरिरहनु भएको छ । उहाँकै पहलमा सोलुखुम्बुका ११० घरलाई विजुलीको वन्दोवस्त गर्नुभएको छ । उनकै आर्थिक सहयोगमा ११० घरबासीले बिजुलीको उपयोग गर्न पाइरहेका छन् जिल्लामा हाईडोपावरदेखि लिएर शिक्षा, स्वास्थ्य क्षेत्रमा शेर्पाको योगदान अतुलनीय रहेको पाइन्छ ।

साथै उनले टाप्टीङसोलनासामा अवस्थित बाल्यकालमा आफू अध्ययनरत जनप्रिय उच्च माध्यमिक विद्यालयलाई उच्च माध्यमिक विद्यालय बनाउन सफल भए । विद्यालयलाई सरकारीस्तरबाट उच्चा माध्यमिक बनाउन सफल एसीले सेभेल समिट फाउन्डेसनमार्फत भूकम्पमा भत्केको आफै पढेको विद्यालयलाई पुननिर्माण गरेका छन् । साथै सिन्धुपाल्चोकमा भूकम्पले भत्केको विद्यालयमासमेत आर्थिक सहयोग उपलब्ध गराउदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *