त्यसैले अष्ट्रेलिया आश्चर्ययुक्त देश (फोटोफिचर)

 

 

यो कुरा कसैलाई पनि आश्चर्य हुँदैन कि अस्ट्रेलिया संसारको सबैभन्दा क्रेजी मुलुक हो । कैदीहरुले बनाएको देश भनेर चिनिएको अस्ट्रेलिया भौगोलिक हिसाबले पनि अरुभन्दा विल्कुलै फरक छ ।

 

झट्ट हेर्दा हामीलाई यो कुरा विश्वास लाग्दैन, किनकि अस्ट्रेलियामा थुप्रै रोचक कहानीहरु छन् । अनौठा दृश्य देख्न पाइन्छ यहाँ । गोहीले मान्छेलाई आक्रमण गर्छ, मान्छे गोहीसँग आँखामा आँखा जुदाउँदै कुस्ती खेल्छ, अनि लगत्तै पहिलो उपचारको रुपमा वियरको चुस्की लगाउँछ । हो, यस्तै छ अस्ट्रेलियाको वास्तविक कथा ।

 

अझै पनि तपाईलाई विश्वास लाग्दैन ? त्यसो भए यहाँ हेर्नुस् अस्ट्रेलियाका १५ वटा क्रेजी दृश्यहरुः

 

 

 

 

अस्ट्रेलिया लियाका मान्छेहरु गोही हेर्ने मात्रै होइनन, गोहीसँग अंकमाल नै गर्छन । नुनिलो पानीमा पाइने यस्ता गोही १८ फिटसम्म लम्बाइका हुन्छन् । डाइनोरको अस्तित्व दुनियाँमा छैन तर, सोही प्रकृतिको गोही हेर्न मानिसहरु उत्सुक हुने गरेका छन् ।

अस्ट्रेलियामा गोही उनीहरुको जलीय जीवनबाट बाहिर आउन कति पनि डर मान्दैनन । यद्यपी, उनीहरुले सिकार गर्नको लागि पानी सबैभन्दा महत्वपूर्ण कुरा हो । गोहीहरु पानी बाहिरको जीवनमा पनि सहज महशुस गर्छन । तर, याे टाेयटामा भएकाे भएकाे गाेही भने जीवित छैन ।

अस्ट्रेलियालाई गोहीको घर नै मानिन्छ । त्यो मात्रै पक्षीहरुले पनि अस्ट्रेलियाको आकाशलाई निकै आश्चर्यजनक बनाइरहेका हुन्छन् । करिब तीन फिटकै उचाइमा आउने यस्ता पक्षीले कतिपय अवस्थामा निकै डरलाग्दो अवस्था बनाइदिन्छन । दिउँसो सिड्नीको आकाश यिनै पंक्षीहरुले भरिएको हुन्छ ।

 

सचेत हुन सकिएन भने अस्ट्रेलियाका कतिपय ठाँउमा सर्प तपाइको शरीरमा आइपुग्न सक्छ । क्वीसल्याण्डको एउटा पसलमा आएको यो पाइथन करीब २० फिट लामो छ ।

निकै खतरानक मानिने सर्प अस्ट्रेलियाको मानिसको गहना जस्तै नै हो । यस्ता प्राणी अस्ट्रेलियाको दैनिक जीवनमा सामान्य लाग्छन । देशको धेरैजसो पार्कहरुमा यस्ता सर्प भेटिन्छन ।

अस्ट्रेलिया यस्तो देश हो जहाँ हवाई उडानमा पनि सुरक्षित नहुन सक्छ किनकी, जहाजमा पनि सर्प भेट्न सकिन्छ । तस्विरमा जहाजको पखेटामा एउटा पाइथन बसिरहेको छ । अस्ट्रेलियाबाट पोपुवा न्यूगिनी जान लागेको यो प्लेनमा सर्प भेटिपछि चालकहरु र यात्रुहरु छक्क परेका थिए ।

 

अस्ट्रेलियाको अर्को आकर्षण हो स्टोन फिस । यसको पुरै छाला ढुङ्गा जस्तो बस्तुले बनेको हुन्छ । यसको कायर पक्ष भनेको सिकार हो तर, यसको छालाको बनोटले सिकारका निकै सहयोग गरेको हुन्छ । यसले मान्छेलाई एक पटक आक्रमण ग¥यो भने अस्पताल भर्ना गर्नुपर्ने बनाइदिन्छ ।

अस्ट्रेलियाको अर्को आकर्षण हो छालामा निलो रङ रिङ भएको अक्टोपस । तर, यो जति अकार्षक छ उति नै खतराजनक पनि । यसले आक्रमण ग¥यो भने मानिस सिधै मृत्युको मुखमा पुग्छ । किनकी, यसले निकाल्ने विष निकै खतरानक हुन्छ । यसको उपचारको लागि अहिलेसम्म कुनै औषधि बनेको छैन । यसले आक्रमण गरेको बढीमा २ घन्टामा मानिसको मृत्यु भइसक्छ ।

अस्ट्रेलियाको वाइल्ड लाइफ र आधिबेहेरी अर्को आकर्षक र डरलाग्दो पक्ष पनि हो । आधिबेहरीले कहिलेकाही आगो नै सिर्जना गर्दछ । यसले कहिलेकाही निकै चिन्ताजक अवस्था पनि सिर्जना गरिदिन्छ ।