राजधानीमा सुरु भयो अन्तराष्ट्रिय व्यापारमेला

काठमाडौं, २८ फागुन । बिहीबारदेखि राजधानीमा अन्तराष्ट्रिय व्यापारमेला सुरु भएको छ । आगामी चैत दुई गतेसम्म सञ्चालन हुने मेलामा विभिन्न आठवटा देशका उत्पादनहरु प्रदर्शनीमा राखिएको छ ।

प्रधानमन्त्री शुशील कोइरालाले मेलाको उद्घाटन गर्ने कार्यक्रम भए पनि प्रधानमन्त्रीले संविधान निर्माण प्रक्रियामा व्यस्त भएको भन्दै उपस्थित भएनन् । वााणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले मेलाको उदघाटन गरे ।

प्रधानमन्त्रीले पठाएको लिखित बक्तव्य मुख्यसचिव लिलामणि पौडेलले बाचन गरेर सुनाए । बक्तव्यमा भारतसँग उर्जा व्यापार सम्झौता पिटीए हुनु, अपर कणर्लीको परियोजना विकास सम्झौता (पीडीए) हुनु, भैरवहामा अन्तराष्ट्रिय बिमानस्थलको निर्माण सुरु हुनु, पोखरामा अन्तराष्ट्रिय बिमानस्थल निर्माण टुंगोमा पुग्नुले नेपाल विकासको युगमा प्रवेस गरेको उल्लेख छ ।

संविधान बनेपछि नेपालमा व्यापक लगानी आउने भन्दै त्यसका लागि उद्योगी व्यवसाइहरुलाई तयार रहन प्रधानमन्त्रीको आग्रह छ ।

व्यापार मेलाले नेपाली उत्पादनको अन्तराष्टिय्र बजारीकराण्मा सघाउ पुग्ने वाणिज्य मन्त्री थापाले बताए ।  ‘नेपालमा उत्पादनभन्दा पनि बजारीकरणको समस्या छ’ उनले भने- ‘विभिन्न देशको सहभागिता रहेको यो मेलाले बजारीकरणमा सघाउ पुर्‍याउने छ ।’

वाणिज्य मन्त्रालयको सहकार्यमा उद्योग वाणिज्य महासंघले मेलाको आयोजना गरेको हो । मेलामा नेपाल व्यापार एकीकृत रणनीतिले प्रवर्द्धन गरेका १९ वटा उत्पादनहरुको प्रदशीर्नमा राखिएको छ ।