मकाउमा गठन भयो एनआरएन महिला फोरम

मकाउ । गैरआवासीय नेपाली संघ एनसिसी मकाउमा महिला फोरम गठन भएको छ । कार्यक्रममा आइसिसी सदस्य मुकेश कुमार बरुवाल,  एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका ) र एनआरएन मकाउ अध्यक्ष शान्तिदेवी अधिकारी, महिला फोरम संयोजक अनु राई, एनसिसी पदाधिकारी, सल्लाहकारलगायतको सहभागितामा शर्मिला राईको संयोजकत्वमा सात सदस्यीय महीला फ़ोरम गठन गरिएको हो । यस्तो छ मकाउनको महिला फोरमको नामावली ‘;

१. महीला संयोजक, शर्मिला राई

२. कुमारी लिम्ब

३. मन कुमारी गुरुङ

४. शुशीला राई

५. संगिता रिज़ाल

६. याडजी शेर्पा

७. शितल सिलवाल

एनआरएन मकाउ अध्यक्ष अधिकारीका अनुसार मकाउमा रहेका नेपाली महिलाहरुलाई एकिकृत गरि महिलाहरुलाई भैपरी आउने समस्याहरुको समाधान गर्ने र आफ्नो देशको विभिन्न पिछडिएका दिदिबहिनीहरुलाई परेका समस्यामा सहयोग गर्ने उद्देश्यका साथ महिला फोरम गठन गरिएको हो ।

मकाउमा महिला फोरम गठन भएसँगै लगभग एसिया प्याशिफिकका सबैजसो एनसिसीमा महिला फोरम गठन भएका छन् । एनआरएन एसिया प्याशिफिक महिला संयोजक जुनु गुरुङले एसिया प्याशिफिकका लगभग सबै एनसिसीमा महिला फोरम गठन भइसकेको छ र गतिविधिलाई अगाडि बढाइएको जानकारी गराइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *