लण्डन बोरो अफ हाउन्स्लोका मेयर विष्णु गुरुङ तेस्रोपटक काउन्सिलरमा निर्वाचित

लण्डन । लण्डन बोरो अफ हाउन्स्लोका मेयर विष्णुबहादुर गुरुङ तेस्रोपटक काउन्सिलरमा निर्वाचित भएका छन् । ह्यानवर्थ पार्क वडाबाट उम्मेदवार रहेका उनी १ हजार ३७ मत पाएर निर्वाचित भएका हुन् । उनी लेबर पार्टीबाट उम्मेदवार थिए ।