लण्डन । लण्डन बोरो अफ बार्नेटका पूर्व उपमेयर लक्ष्यबहादुर गुरुङ काउन्सिलर पदमा पुन निर्वाचित भएका छन् । एज्वेरबरी वडाबाट कञ्जरभेटिभ पार्टीका उम्मेदवार रहेका उनले १ हजार ६९१ मतसहित निर्वाचित भएका छन् । दुई जना निर्वाचित हुने सो वडाबाट उनीसँगै कञ्जरभेटिभ पार्टीकै अर्का उम्मेदवार पनि विजयी भएका छन् ।
लण्डन बोरो अफ बार्नेटका पूर्व उपमेयर लक्ष्य गुरुङ काउन्सिलर पदमा पुन निर्वाचित






