यूएई । गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद यूएईले फुजेरा राज्यमा रहेका बिभिन्न कम्पनिक महिला क्याम्हरुमा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । एनआरएनए यूएई कि महिला उपाध्यक्ष कल्पना राईको संयोजकत्वमा तथा क्षेत्रीय समन्वय परिषद फुजेराको पहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
यूएईका ७ राज्य अन्तरगत मध्यको फुजेरा राज्य टाढा र बिकट मध्यको एक मानिन्छ । प्राय महिला क्याम्पहरुमा पुरषहरुलाई प्रवेश निषेध हुने हुँदा उपाअध्यक्ष कल्पना राई र केन्द्रीय सदस्य दिव्या सुब्बाले त्यहा स्थित बिभिन्न महिला श्रमिक क्याम्पमा गएर जनचेतना सम्बन्धि बिभिन्न भनाइ राखेकी थिइन ।
कार्यक्रममा विभिन्न समस्याहरुका समाधानका निमित्त नेपाली दुतावाससँग समन्वय गरेर आवश्यक सहयोग गरिने बताइएको छ। जनाचेतानामूलक कार्यक्रममा आफ्नै क्याम्पमा पाउँदा खुसी लागेको र आफुहरुले धेरै कुरा बुझ्ने मौका पाएको भन्दै एनआरएनए यूएई प्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।






