काठमाडौँ । छ दिनदेखि आमरण अनसनमा रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्राध्यापक डा. गोविन्द केसीले आज अनसन तोडेका छन्। टिचिङ अस्पतालको गेट नजिकै जुत्ता सिलाउने काम गर्दै आएका अथुनिया मोचीको हातबाट जुस पिएर डा केसीले अनसन तोडेका हुन्।
हिजो साँझ भएको केसी पक्ष र नेपाल सरकारबीच पाँच बुँदे सम्झौतापछि केसीले आज अनसन तोडेका हुन्। शुक्रबार साँझ महाराजगञ्जस्थित अस्पतालमा स्वास्थ्य मन्त्री दीपक बोहरा, योजना आयोग उपाध्यक्ष डा स्वर्णिम वाग्ले सम्मिलित टोली र केसी पक्षबीच भएको वार्तामा पाँच बूँदे सम्झौता भएको थियो।






