एनआरएन फान्सको साधारणसभा तयारी पूरा

लन्डन । गैरआवासीय नेपाली संघ एनसिसी फान्सको वार्षिक साधारणसभाको तयारी पूरा भएको छ । साधारणसभा यही अक्टोवर अर्थात आइतबार हुँदैछ । एनआरएन फान्सका महासचिव नरेन्द्र शाहीका अनुसार आइतबार हुने साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको हो । साधारण सभामा वर्षभिरका प्रगति विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गरिने र विभिन्न सम्मान कार्यक्रम रहेको महासचिव शाहीले जानकारी दिए ।