एसियन अचिभर्स अवार्ड गुरुङलाई

achiverce-award-1दिनेश कुमार परियार । लण्डन । बेलायती सैनिक सेवामा रहेका सैनिक लंस कोर्पोरल तुलजङ्ग गुरुङले एसियन अचिभर्स अवार्ड हात परेका छन्। एसियन बिजिनेस पब्लिकेशन लिमिटेड (एबिपीएल ) ले शुक्रबार लण्डनको पार्क लेनमा रहेको प्रतिष्ठित ग्रस्भेनर हाउसमा सम्पन्न भएको १५ औ एसियन अचिभर्स अवार्डमा गुरुङसहित नौ जनाले अवार्ड जितेका हुन् ।
पोशाक र नागरिक सेवा शिर्षक अन्तर्गतको अवार्ड हात परेका तुलजङ्ग गुरुङ बेलायती सरकारले सैन्य सेवामा महत्वपूर्ण योगदान दिएबापत मिलिटरी क्रस बिभुषित गरेको थियो ।
उनले अफगानिस्तानमा रहँदा तालिवान लडाकुलाई आफ्नो क्षेत्रमा प्रवेश नदिई भगाएर बहादुरी देखाएबापत २०१३ मा बेलायत सरकारद्वारा मिलिटरी क्रस पाएका थिए । उनी वेल्समा रहेको रोयल गुर्खा राइफल्स कार्यरत छन् ।
एसियन अचिभर्स अवार्ड बेलायतमा प्रतिष्ठित अवार्ड मानिन्छ । अवार्ड पाएपछि बेलायतको रक्षा मन्त्रालयले उनलाई ट्वीटरमार्फत बधाई दिएको छ ।