नवगायक पाण्डेले सार्वजनीक गरे,पोखराबाट दसैँ–तिहार शुभकामना [भिडियो सहित]

लन्डन । हिन्दुहरूको महान् चाड विजया दशमी तथा शुभ दीपावलीको अवसरमा नवगायक एवं युवा व्यवसायी ईश्वरी पाण्डेले आयो दशैं आयो तिहार’ नामको गीत सार्वजनीक गरेका छन् ।

गीतमा पाण्डेको साथमा काजल गुरुङले साथ दिएकी छन् । गीतलाई याक मनोरञ्जन प्रालिले बजार व्यवस्थापन गरेको छ । शम्भु चालिसेले खिचेको भिडियोलाई रमेश रसाइलीले सम्पादन गरेका छन् गीतमा रेशम निर्दोषको पनि आवाज रहेको छ । प्रसाद खप्तरी मगरले शब्द, लय संकलन गरेका छन् ।

चर्चित निर्देशक शिव विकले निर्देशन गरेको भिडियोमा गायक ईश्वरी र गायिका काजोलको अभिनय देख्न सकिन्छ ।