काठमाडौं- सुनसरीको हरिपुरमा भारतीय सुरक्षा निकाय एसएसबीले नेपालीलाई गोली हानेको घटनाबारे भारतसँग जानकारी लिन गृहमन्त्रालयले पराराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ ।
गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार सुनसरी घटनाबारे भारतसँग आपत्ति जाहेर गरी र जानकारी लिन गृहले पराराष्ट्रलाई पत्र पठाएको छ । सुनसरीको हरिपुर-७ मा ९ मंसिर बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली भूमीमै गोली प्रहार गरी स्थानीय अशोक यादव, मनोज यादव, सरोज यादव र नरेश यादवलाई घाइते बनाएको छ ।
भारतीय दूतावासले भने भारतीय भूमिमै तस्करहरुले एसएसबीमाथि आक्रमण गर्दा आत्मरक्षाले हवाई फायर गरिएको भन्दै कोही पनि नेपाली घाइते नभएको दाबी गरेको छ ।






