अछाममा बाढी : ६ जनाको मृत्यु, १५ बेपत्ता

अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले बगाएर १५ जनालाई बेपत्ता बनाएको छ । बाढीले बगाएका ६ जनाको शव फेला परेको छ ।

बाढीमा बगेका ४ जनाको यसअघि नै बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा शव भेटिएको थियो। भने २ जनाको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको हो।

सोमबार बिहान रामारोशन गाउँपालिकाको वडा नम्बर ३ सान्तडास्थित सैनीबजारमा पसेको बाढीले २२ घर बगाएको छ। अहिलेसम्म ६ जनाको शव फेला परेको छ भने १५ जना बेपत्ता भएको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् । उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ जाने तयारीमा छ ।