साउदी राजकुमारको टीभी समाचार च्यानल बन्द

बहराइनले सोमबार साउदी अरबपति राजकुमार अलवालिद बिन तलालको स्वामित्व भएको अरब क्षेत्रको नयाँ समाचार च्यानल बन्द गरेको घोषणा गरेको छ । राजकुमार अलवालिदले उक्त समाचार च्यानल वस्तुपरक हुने बताउनुभएको थियो ।
अलारब न्युज च्यानल फेब्रुअरी १ मा आरम्भ भएको थियो । उक्त च्यानल केही समयका लागि मात्र कार्यरत थियो । यसपछि त्यसमा विज्ञापन प्रसारण हुन थाले । यसमा प्राविधिक तथा प्रशानिक समस्या आएको र त्यसलाई समाधान गर्न प्रयास भएको जानकारी दिइएको थियो । बहराइनको सूचना मामिला प्राधिकरणकाले सोमबार एक विज्ञप्ति प्रकाशन गरी अलारबले आवश्यक स्वीकृति प्राप्त नगरेकाले त्यसको प्रसारण रोकिने जानकारी दिएको छ ।