ओली–प्रचण्डबीचको वान टु वान वार्ता सकियो, माओवादी सरकारमा जान अझैं मानेन

Pdfn]sf cWoIf cf]nL / dfcf]jfbL s]Gb|sf cWoIf bfxfnaLr e]6jftf{ g]skf -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL / g]skf -dfcf]jfbL s]G›_sf cWoIf k'iksdn bfxfn …k|r08Ú aLr zlgaf/ afnsf]6l:yt cf]nL lgjf;df e]6jftf{ ub}{ . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;

काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्ता सकिएको छ ।

भक्तपुरको पुरानो ठीमीस्थित एक व्यापारीको घरमा वान टु वान वार्ता भएको हो । वार्तामा पार्टी एकता र कर्यदिशाका साथै माओवादी केन्द्रको सरकारमा सहभागिताका विषयमा छलफल भएको ओलीका प्रेस सचिवालय संयोजक चेतन अधिकारीले जानकारी दिए ।
यद्यपी कुनै विषयमा पनि सहमति नभएको बताइएको छ । अधिकारीले छलफल सकारात्मक भएको र पुनः छलफलमा बस्ने गरी आजको वार्ता सकिएको बताए ।

आजको बैठकमा ओलीले माओवादीबाट सरकारमा सहभागि हुनेहरुको नाम पठाउन प्रचण्डसँग आग्रह गरेका थिए । तर, एकीकृत पार्टीका लागि विवाद रहेको कार्यदिशाको विषयमा सहमति नभएसम्म पार्टी सरकारमा सहभागि नहुने जवाफ दिएको बताइएको छ ।

माओवादीले २१ औं सताब्दीको जनवाद र माओवादी एकीकृत पार्टीको कार्यदिशा हुनुपर्ने अडान लिँदै आएको छ भने एमालेले जबज बाहेक अरु विषयमा छलफल हुनै नसक्ने बताउँदै आएको छ । जसका कारण एकता प्रक्रियामा समस्या भएको बताइएको छ ।