लण्डन । एनआरएन आइसिसीका उपाध्यक्ष कुमार पन्तलाई एनआरएन यूकेले एक कार्यक्रमसहित बिदाई गरेको छ । शनिबार अल्डरसटमा सम्पन्न काउन्सिल बैठकका लागि बेलायत आएका पन्तको बिदाईका लागि बैठकको समापनपछि छुट्टै कार्यक्रम गरियो । एनआरएन यूकेको आफ्नै कार्यालयमा गरिएको उक्त बिदाई कार्यक्रमका लागि उपमहासचिव विनय अधिकारीले विशेष पहल गरेका थिए ।
कार्यक्रममा एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष शेर सुनार, महासचिव आरके त्रिपाठी, उपमहासचिव विनय अधिकारी लगायतले खादा ओढाएर सम्मान गर्दै बिदाई गरे । कार्यक्रममा चिरञ्जिवी ढकाल, विश्वआदर्श पण्डित, रामशरण सिंखडा, बिजन भट्ट लगायतका एनआरएन अगुवाहरुका साथै कार्यसमितिका पदाधिकारी र पत्रकारहरुको सहभागिता थियो ।
लण्डन नेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारीले तयार गरेको कार्यक्रमको लाइभ भिडियो






