लण्डन । एनआरएनका केन्द्रिय उपाध्यक्ष कुमार पन्त बेलायत भित्रिए संगै बेलायतमा रहेका नेपालीहरुको विभिन्न संघ संस्थाहरुले सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् । गोर्खा जिल्लामा जन्मिएर बेलायतमा बसोवास गरिरहेका नेपालीहरुको संस्था गोर्खाली समाज यूकेले गोर्खाली पन्तलाई विशेष सम्मान गरेको छ ।
गोर्खा जिल्ला समाज यूकेका अध्यक्ष कर्ण दर्लामी मगरले लण्डन नेपाल न्युज संग को एक कुराकानीमा नेपालको पहाडी जिल्लामा जन्मिएर पनि एनआरएन जस्तो गरिमामय संस्थामा केन्द्रिय उपाध्यक्ष जस्तो जिम्मेवार पदमा पुगिसक्नु भएका युवा व्यवसायी तथा समाजसेवी कुमार पन्तलाई सम्मान गर्न पाउदा निकै नै हर्षित भएको प्रतिक्रिया ब्यक्त गर्नु भयो । कार्यक्रममा एनआरएनका आइ सी सी सदस्य कुमारी गुरुङ , गोर्खाली समाज यूकेका सल्लाहकार गणेश गुरुङ , युवा समाज सेवी तथा कार्यक्रम संयोजक हेम गुरुङ ,युवा संयोजक राजेन्द्र गुरुङ ,ग्लोबल गोर्खा समाज नेटवर्कका सचिब बिनय अधिकारी लगायत विभिन्न संघ संस्थामा आवद्ध थुप्रै गोरखालीहरुको उपस्थिति रहेको थियो ।
मानिस कर्म थलोले जहाँ र जुन अवस्थामा पुघे पनि आफ्नो जन्म थलो निकै नै प्यारो लाग्ने अभिप्रायले गोर्खा जिल्ला बाट युकेलाई कर्म थलो बनाएर बसिरहेका गोर्खालीहरुको साझा संस्था गोर्खाली समाज यूकेले यस्ता थुप्रै कार्यक्रमहरु आयोजना गर्दै आइरहेको र सामाजिक क्षेत्रमा योगदान पुर्याउन आफुहरु सधै सक्रिय रहने अभिव्यक्ति दिनुहुन्छ ,युवा समाज सेवी ,गोर्खाली समाजको उपाध्यक्ष तथा कार्यक्रम संयोजक हेम गुरुङ ।








