‘पासवर्ड’ का कलाकारहरु लण्डनमा, शुरु भयो शुटिङ

लण्डन । नेपाली चलचित्र पासवर्ड का कलाकारहरु बेलायत आइपुगेका छन् र शुटिङ पनि शुरु भएको छ।

सिनेम्याक्स लण्डन लिमिटेडसंगको सहकार्यमा एबी इन्टरनेसनलले बनाउन लागेको सो पहिलो फिल्ममा चलचित्र ह्याप्पी डेजमार्फत अभिनयमा डेब्यु गरेका विक्की जोशीदुई नवनायिका परी रानालिसा सुनारछुल्ठिम गुरुङअनुपविक्रम शाहीरविन्द्र झाबुद्धि तामाङ र विक्रान्त बस्नेत मुख्य कलाकार न् । विक्की फिल्मका क्रिएटिभ निर्देशक समेत हुन् ।

सस्पेन्सएक्सन र थ्रीलरले भरिपूर्ण सो फिल्मको निर्देशन सम्राट बस्नेतले गर्दैछन् । यसअघि उनले दर्जनौं फिल्ममा एक्सन कोरियोग्राफी गरिसकेका छन् । सौरभ लामाको छायांकन हुने फिल्मलाई सीमा गुरुङएलिस अधिकारीविक्की जोशी र सम्राट बस्नेत मिलेर लेखेका हुन् । संगीत निर्देशन अर्जुन पोखरेलको हुनेछ  भने रामजी लामिछानेले डान्स कोरियोग्राफी गर्नेछन् । अमित बस्नेत र हिरल जोशी यस फिल्मका निर्माता हुन् ।

फिल्मलाई नेपालको चलचित्र विकास बोर्डसहित  ब्रिटि फिल्म इन्स्च्यिुटमा समेत दर्ता गरेर निर्माण गर्न लागिएको छ। यो फिल्मको ९० प्रतिशत भन्दा बढी छायांकन बेलायतमा र अरु नेपालमा हुने छ ।

गत आइतबारदेखि लन्डनमा सुटिङ सुरु भएको र यसकालागि नेपालबाट २० जना कलाकार तथा प्राविधिकहरुको टोली लण्डन आइपुगेको छ । लन्डनबर्नमाउथससेक्स लगायतका ठाउँमा फिल्म छायांकन गरिनेछ

फिल्मको एउटा रोचक पक्ष के हुनेछ भने यस फिल्ममा प्रख्यात बलिउड अभिनेत्री सन्नी लियोनी समेत समावेश हुनेछिन् । नेपाली सिनेमा क्षेत्रमा यसलाई नयां प्रयोगको रुपमा हेरिएको छ। सन्नी शुटिङलागि केही सातामै लन्डन आइपुग्ने बताइएको छ।