एभरेष्ट आइडलको फाइनलमा प्रतिभाशाली गायिका रशना गुरुङ (भिडियो सहित)

लण्डन । बेलायतको नेपाली समुदायमा गायन प्रतिभा खोजी गर्ने प्रतियोगिता एभरेष्ट आइडलको दोस्रो संस्करण यहि अगस्ट १७ तारिख आयोजना हुंदैछ । ई मिडिया हब यूकेले आयोजना गरेको यो प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्दैछिन् युवा प्रतिभा रशना गुरुङ।

१७ वर्षीया रशना बाबु राम तथा आमा शान्ति गुरुङकी छोरी हुन् । बेलायतमा उनले अध्ययनरत स्कुलमा आयोजना हुने प्रतियोगितामा पनि उनले गायन प्रस्तुत गरेर पुरस्कार पाउने गरेकी छन् ।

गत वर्षको युरोप इनासा गायन प्रतियोगितामा पनि बेलायतबाट छनौट भएर फाइनलसम्मको यात्रा तय गरेकी थिइन् रशनाले । ई मिडिया हब यूकेले गत वर्ष आयाजना गरेको गायिका मिलन अमात्यको कार्यक्रममा पनि रशनाले प्रस्तुति गरेकी थिइन् । जसबाट प्रभावित भएर गायिका अमात्यले रशना भविष्यमा ठूलो गायिका बन्ने प्रतिक्रिया दिएकी थिइन् ।

एभरेष्ट आइडल २ को अडिसनमा रशनाले मेरो प्यारो मान्छे तिमी बोलको गीत गाएर निर्णायकहरु बिसी राई, शर्मिला बर्देवा र तारा लक्समलाई प्रभावित तुल्याएकी थिइन् । सेमिफाइनलमा उनले प्रस्तुत गरेको यस्तैरहेछ यहांको चलन बोलको गीत पनि निर्णायक र दर्शकले खुबै मन पराएका थिए । अब फाइनलमा पनि बडो मेहनत गरेर निर्णायक र दर्शकको मन जित्ने लक्ष्य उनको छ ।

यूके नेपाल फेडेरेसन अफ बडिबिल्डिंग एण्ड फिटनेस (यूकेएनएफबिएफ) का पूर्व अध्यक्ष किशोर गुरुङले आयोजक ई मिडिया हबलाई धन्यवाद र सबै प्रतियोगीलाई शुभकामना दिदैं कार्यक्रममा सहभागी भएर सफल बनाइदिन सबैमा आग्रह गरेका छन् ।

हेरौं, रशनाको अडिसनको प्रस्तुति ः