जमघट परिवार यूकेले मुसहर वस्तीका पीडितलाई एक लाख सहयोग हस्तान्तरण

लन्डन । जमघट परिवार यूकेले सप्तरीस्थित मुसहर वस्तीका बाढी पीडितलाई एक लाख पांच रुपैयां सहयोग गरेको छ । सिधा कुरा जनतासंग कार्यक्रमका प्रस्तोता पत्रकार रबि लामिछाने मार्फत उक्त सहयोग रकम दिइएको सदस्य देवेन थापाले बताए ।

जमघट परिवार यूकेका अध्यक्ष तीर्थकुमार थापाले सदस्यहरु अर्जुन शाही, देवेन थापा, कुमार राना र हेम शाहीको उपस्थितिमा उक्त रकम पत्रकार लामिछानेलाई हस्तान्तरण गरेका थिए । संस्थाका अध्यक्ष तीर्थकुमार थापाले देशमा आपतविपतका बेला नेपालीलाई आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्न संस्था तत्पर रहने बताए ।

यसअघि संस्थाले भारतीय नाकाबन्दीका बेला गैर आवासीय नेपाली संघ बेलायत मार्फत औषधि खरिदका लागि एक लाख रुपैयां सहयोग गरेको थियो । त्यसैगरि, बुद्ध फाउन्डेसन यूकेले कपिलवस्तु जिल्लाको नन्द नगरमा निर्माण गरिरहेको बुद्ध बृद्धाश्रमका लागि पनि ५० हजार रुपैयां सहयोग गरेको छ ।