एमालेमा एकताका लागि सहमति, १० बुँदे सहमतिपत्रमा के छ ?

काठमाडौं । नेकपा एमाले भित्रका विवाद समाधान गर्न गठित कार्यादलल् १० बुँदे सहमति गरेको छ ।

करिब १३ घण्टा लामो आइतवारको बैठकले १० बुँदे सहमति गर्दै नेकपा एमाले एकताबद्ध राख्न सफल भएको हो । नेकपा एमाले माधव नेपाल पक्षका नेता भीम रावलले विवाद समाधान गरेर बढ्ने महत्वपूर्ण निर्णय गरेको बताए । उनले भने, पार्टीका समस्या समाधान गरेर अगाडि जाने निर्णय सहितको दश बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

लामो समयदेखि एमालेको एकता जोगाउन भन्दै गठित कार्यदलले छलफल चलाइरहने क्रममा आइतबार अबेर राति १० बुँदे सहमति गरेको हो । सिंहदरबारमा करिब १३ घण्टा चलेको कार्यदलको बैठकले यो सहमति गरेको कार्यदलमा माधवकुमार नेपालतर्फका संयोजक रावलले बताए।

उनले कार्यदलका सबै सदस्यले १० बुँदे सहमतिमा हस्ताक्षर गरेको र त्यसलाई शीर्ष नेतृत्व (अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल)समक्ष प्रस्तुत गरिने जानकारी दिए।

प्रवक्ता तथा कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पार्टीको आन्तरिक समस्या विधिसम्मत ढंगले समाधान गर्ने निर्णय भएको जानकारी दिए । कार्यदलले २०७५ जेठ २ गते अघिको पार्टी संरचनाबाट अघि बढ्ने सहमति गरेको छ । पार्टीमा योगदान दिएका नेताहरुलाई मातहत कमिटीमा समेट्ने निर्णय पनि कार्यदल बैठकले गरेको छ ।

पार्टीको एकता मर्यादाअनुसार अघि बढ्ने सहमति पनि बैठकले गरेको छ । अध्यक्ष ओलीद्वारा आव्हान गरिएको भोलि सोमबारको स्थायी कमिटी बस्ने र कार्यदलले गरेको निर्णय अनुमोदन गर्ने नेताहरुले बताएका छन् । भोलि आउने सर्वोच्चको निर्णयपछि पनि पार्टी सहमतिअनुसार एकतावद्ध रुपमा अघि बढ्ने निर्णय कार्यदलले गरेको छ ।

कार्यदलका सदस्यहरुले आज १० बुँदे सहमति जुटाए पनि वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्चको निर्णयअघि कुनै सहमति हुन नसक्ने प्रतिक्रिया दिएका थिए । आज आफू निकट केन्द्रीय कमिटीका सदस्यहरुसँग छलफल गर्दै नेता नेपालले सो धारणा राखेको उनीनिकट नेताहरुले जानकारी गराएका थिए ।

यस्तो छ सहमति: