लन्डन । धादिङ नुवाकोट समाज यूकेले आफ्नो एघारौं वार्षिकोत्सव कार्यक्रम शनिबार लण्डनमा सम्पन्न गरेको छ ।
लन्डन साउथ ह्यारो स्थित फुटबल क्लबको सभा हलमा बेलायतका विभिन्न क्षेत्रमा बस्ने सयौं धादिङ तथा नुवाकोट जिल्लावासीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
समाजका अध्यक्ष चोकबहादुर (सिबी ) तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको पहिलो सत्रमा शुभकामना आदानप्रदान, सम्मान लगायतका औपचारिक कार्यक्रम गरिएको थियो ।
कार्यक्रमको सम-उद्घाटन समानका अध्यक्ष तामाङ र कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले गर्नु भएको थियो । समाजका महासचिव बुद्धि बहादुर तामाङले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दीपबहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा सुवेदीले धादिङ नुवाकोट समाज यूकेले सामाजिक क्षेत्रमा अनुकरणीय कार्यहरु गरिरहेको भन्दै प्रशंसा गरेका थिए । ‘प्रवासमा बसेर पनि आफ्नो जन्मभुमि र गाउं ठाउंमा रहेका दाजुभाई दिदीबहिनीको दुखसुखमा साथ दिने, परेको बेला उनीहरुको आंशु पुछ्ने काम आफैमा प्रशंसनीय छ’, राजदूत डा सुवेदीले भने ।
कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष (सिबी ) तामाङले धादिङ नुवाकोट समाजले सञ्चालन गरेका विभिन्न सामाजिक कार्यहरुबारे संिक्षप्त विवरण प्रस्तुत गरे । समाजले आफ्नो गृह जिल्लाहरुमा मात्र नभएर सर्लाही हरिवनको अनाथ आश्रमदेखि सप्तरी बाढीपीडितहरुसम्मलाई सहयोग गरेको जानकारी दिए ।
कार्यक्रममा डा. पदम सिंखडा, एनआरएनए आइसीसी सदस्य रामशरण सिंखडा, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ,पत्रकार ध्रुबराज अर्याल,एबम हरिसिंह वाइवा लगायतले मन्तव्य व्यक्त गर्दै समाजको एघारौं वार्षिकोत्सवको शुभकामना दिएका थिए।
कार्यक्रमको दोस्रो सत्रमा नेपालबाट आएकी नायिका छुल्ठिम गुरुङको नृत्य र गायिका मिना लामाका गीतहरु विशेष आकर्षण थिए । समाजकी उपाध्यक्ष देवी रानी गुरुङले सांस्कृतिक कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा स्थानीय सयपत्री कल्चरल समुहका कलाकारहरु लगायत अन्य कलाकारले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
लन्डनमा प्रतिस्ठा त्रिपाठीले देखाइन् दमदार नृत्य-
https://www.facebook.com/londonnepalnews/videos/1751326824985838/












