काठमाडौं –एसएलसी पास गरी उच्च शिक्षाको लागि काठमाडौं गएका छात्र प्रदिप माझी मुसहर अंग्रेजी नजानेकै कारण बीचमै पढाई छाडेर घर फर्केका छन् ।
रौतहट लक्ष्मीपुर दोस्तिया–५ का १७ वर्षीय मुसहरलाई काठमाडौंको फ्लोरिडा कलेजले निशुल्क पढ्ने व्यवस्था गरेको थियो । एक महिना नबित्दै उनी पढाइ छाडेर घर फर्किएका छन् ।
सीप्लस ग्रेडमा एसएलसीमा उत्तिर्ण प्रदिपको व्यवस्थापन पढ्ने इच्छा थियो ।
उनको इच्छाअनुसार राष्ट्रिय मुसहर उत्थान समाज रौतहटको पहलमा फ्लोरिडा कलेज भर्ना भएका थिए । काठमाडौंमा बस्न र खानका लागि समाजले नै व्यवस्था गरेको थियो ।






