धरौटी नतिर्दा ६ वर्षीय बालक जेलमा

काठमाडौं –मानव बेचविखब तथा ओसारपसार मुद्दामा कारागार चलान भएकी एक महिला २० हजार धरौटी तिर्न नसक्दा ६ वर्षीय छोरासहित जेलमा बस्न बाध्य भएकी छिन् ।

नवलपरासी कावासाती घर र लमजुङको बिचौर माइती बताउने ३५ वर्षीया सुकमाया मिजारसँगै उनका ६ वर्षीय छोरा सुजन मिजार जेलमै बस्न बाध्य बनेका हुन् ।

लमजुङ जिल्ला अदालतले २०७१ भदौ ८ गते उनीमाथि लागेको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा २० हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको थियो ।

उक्त रमक जुटाउन नसकेपछि उनी छोरासहित जेल परेकी हुन् ।