राम प्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै उपराष्ट्रपति पुनलाई ज्ञापनपत्र

काठमाडौं । जन नायक राम प्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न सर्वथा माग गर्दै प्रधानमन्त्रीदेखि उपराष्ट्रपतिसम्मको ध्यानार्कषणा गराइएको छ । जन नायक राम प्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै राम प्रसाद राई फाउण्डेशन नेपाल र राम प्रसाद राई स्मृती प्रतिष्ठानको संयुक्त पहलमा विज्ञहरुको टोलीसहितले प्रधानमन्त्री केपी शर्मा ओली र उपराष्ट्रपति नन्द बहादुर पुनलाई छुट्टाछुट्टै भेटी ध्यानर्कषण गराइएको हो ।

जन नायक राम प्रसाद राई फाउण्डेशन नेपाल अध्यक्ष शूस्मा राई र प्रतिष्ठान अध्यक्ष तारा राईले संयुक्त रुपमा प्रधानमन्त्री ओली र उपराष्ट्रपति पुनलाई छुट्टाछुट्टै भेटी ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापनपत्र बुझदै प्रधानमन्त्री ओलीले जन नायक राम प्रसाद राईका विषयमा आवश्यक सरसल्लाह गरेर विवादसहित निर्णय गर्ने बताए । उता उपराष्ट्रपतिले पनि राईको योगदानको कदर गर्न विभुति घोषणा गर्नुपर्छ भन्ने पक्षमा आफू पनि रहेकाले विशेष पहल गर्ने बताए ।

यसअघि तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल ९प्रचण्ड ० लाई फाउण्डेशनले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाएपछि तत्कालीन दाहाल प्रधानमन्त्री हुँदा मन्त्रीपरिषदमा लगिए पनि विविध कारणले निर्णय हुन सकेको थिएन ।