काठमाडौं- बिगत २५ बर्ष देखि काम गर्दै आएका कर्मचारीको मासिक जम्मा तलब कति होला ? तपाईंको अनुमान एक लाखभन्दा बढी हुन सक्छ ।
तर विमान बंगलादेशका कर्मचारीको तलब सुन्ने जोकोहीले जिब्रो टोक्छन् । कारण- उनीहरुको तलबमात्रै साढे ८ हजार रुपैयाँ छ । नागपोखरी गैरिधारामा अबस्थित विमान बङ्गलादेश एयरलाइन्सले २५ बर्ष सेवा गरेका कर्मचारीहरुलाई महिनाको जम्मा ८,५०० रुपैयाँ मात्रै तलब दिदै आएको छ ।
पछिल्लो समय एयरलाईन्समा कार्यरत श्रमिकहरुले श्रमशोषणविरुद्ध आवाज बुलन्द पार्न थालेपछि विमान बङ्ग्लादेश एयरलाइन्सले विगत २५ वर्षदेखि श्रमिकहरुमाथि चरम श्रम शोषण गर्दै आएको खुल्न आएको हो ।
“तलब त छ, तर लेखा होस् या टिकटिङ जुनसुकै स्थानमा काम गर्ने कर्मचारीको हालत उस्तै छ । अरु त के आफ्ना घरका कोहि व्यक्ति दिवंगत भएर किरिया बिदा बस्दा समेत तलब काट्ने गरेको छ, एयरलाईन्सले.” एयरलाईन्समा कार्यरत कृष्ण भण्डारीले भने “कर्मचारीको सञ्चयकोष, उपदान, सामाजिक सुरक्षा, मेडिकल बिमा, दुर्घटना बिमा केही पनि छैन ।
बिगतमा साताको ३ दिन काठमाडौबाट उडान भर्दै आएको एयरलाइन्सले अहिले सातामा ७ दिन नै उडान भर्दै आएको छ ।






