बेलायतमा भारतीयले नै गरे माेदीकाे विराेध

not welcome

लण्डन । तीन दिने बेलायत भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्री मोदीविरुद्ध बेलायतमा बस्दै आएका भारतीय मूलका केही अभियन्ताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिरोध गरेका छन् ।

बेलायतको संसद भवनबाहिर ‘मोदी नट वेलकम’ लेखिएको ब्यानर टाँगेर बिरोध प्रदर्शन गरेका हुन् । पछिल्लो समय भारतीय प्रधानमन्त्री मोदीले धार्मिक कट्टरता र असहिष्णुता प्रदर्शन गरेको भन्दै उनीहरु मोदीको बिरोधमा उत्रिएका हुन् ।

बेलायत भ्रमण गर्नुभन्दा एक दिनअघि नोभेम्वर १२ मा उनीहरुले मोदीविरुद्ध ब्यापक प्रदर्शनको तयारी गरेका छन् । मोदीले लन्डनको बेम्व्ली स्टेडियममा ७० हजार मानिसलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर, भारतीय मूलका ती नागरिकहरुले भने १२ नोभेम्वरकै दिन बिरोध प्रदर्शन गर्ने अभियन्ता सुरेश ग्रोभरले जानकारी दिएका छन् ।