संसदमा शिक्षामन्त्रीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने

;+3Lo ;+;bsf] bf];|f] clwj]zg ;'? ;+3Lo ;+;b ejg gofF afg]Zj/df cfOtaf/b]lv z'? ePsf] k|ltlglw;efsf] bf];|f] clwj]zgdf ;xefuL ;f+;bx? . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं– अहिले केहिबेरमा संसद बैठक बस्दैछ । आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यस्तै सभामुख महराले प्रतिनिधि सभा अन्तर्गत गठित विभिन्न विषयगत समितिहरुमा सदस्यहरुको नाम थप तथा हेरफेर गर्ने अर्को कार्यसूची रहेको छ ।

गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस भनी प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची तोकिएको छ ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जनाएका छन् ।

साथै अर्थ मन्त्री डा. युवराज खतिवडाले लेखापरीक्षण विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

गृह मन्त्री रामबहादुर थापाले नै अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागू औषध कारोबार विरुद्ध सहयोग सम्बन्धी बिमस्टेक महासन्धिमाथि सामान्य छलफल गरियोस् भन्ने अर्को प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।