कौरव खत्री ,
लण्डन । दिदिवहिनी समूह साउथ इस्ट लण्डनद्धारा नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तिज गित प्रतियोगिता तथा दरखाने आयोजना गरिने भएको छ ।
महिलाहरुको महान पर्व हरितालिका तिजका अवसरमा यहि अगस्ट ११ तारिकका दिन साउथ इस्ट लण्डन स्थित राडीकल क्लब मा साँझ ५ बजे देखि १०:३० सम्म सबै नेपाली महिला दिदिबहिनीहरु जुटेर तिज गित प्रतियोगिता तथा दरखाने र नेपालको तीजको मौलिक संस्कृतिको संरक्षण र जर्गेना गर्नको लागि कार्यक्रम आयोजना गर्न लागिएको साउथ इस्ट लण्डनका समूहले जनाएको छ ।
साथै उक्क्त कार्यक्रममा संकलन भएको आर्थिक रकमले लण्डनको पशुपति मन्दिर निर्माण तथा महिलाहरुको सहयोगका लागि खर्च गरिने साउथ इस्ट लण्डनका दिदिबहिनी समूह लण्डनले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको विजोड सांगितिक प्रस्तुती एवं विभिन्न क्षेत्रमा योगदान पु¥याउदै आउनुभएका महिला दिदिबहिनीहरुलाई सम्मान लगायतका कार्यक्रम आयोजना गरिएको दिदिबहिनी समूहले जनाएको छ ।
लण्डन नेपाल न्यूजका प्रधान संपादक शिव भण्डारीको हेर्नुहोस यो भिडियो रिपोर्ट..!!






