‘सिक्रेट सुपरस्टार’ को टिजरमा यस्ता देखिए आमिर खान(भिडियो)

दंगलपछि आमिर खानको आगामी फिल्म ‘सिक्रेट सुपरस्टार’ को टिजर रिलीज भएको छ। फिल्ममा आमिरको क्यामियो भूमिकामा छन्। आमिर आफैंले आफ्नो ट्वीटरमा टिजरको भिडियो शेयर गरेका हुन्।

१ मिनेट २६ सेकेण्डको टिजरमा वसीम नामकी केटीलाई देखाइएको छ जो गायिका बन्न चाहन्छिन्। उनका बुवाले यो कुरा स्वीकार गर्दैनन् र वसीम ‘बुर्का’ लगाएर संगीतको दुनियाँमा प्रवेश गर्छिन्।
अद्वैत चन्दनद्वारा निर्देशित यो फिल्म अगस्टमा रिलीज हुने बताइएको छ।

हेर्नुहोस् भिडियोः