प्रधानन्यायाधीशमा सिफारिस जोशीको ‘भाग्य फैसला’ आज

sfd' k|wfgGofofwLz–hf]zL ;+;bLo ;'g'jfO{ ;ldltdf laxLaf/ k|wfgGofofwLzsf nflu l;kmfl/; x'g' ePsf sfd' k|wfgGofofwLz bLks/fh hf]zL cfˆgf] efjL of]hgfx? k|:t't ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं– प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको भाग्य फैसला आज हुँदैछ ।

आज दिउँसो तीनबजे बस्ने संसदीय सुनुवाई विशेष समितिको बैठकले जोशीबारे निर्णय गर्ने छ ।

तर, जोशीबारे निर्णय हुन केही घण्टा मात्रै बाँकी रहेपनि समितिका सदस्यहरुबीच एकमति हुन सकेको छैन ।

जोशीको नाम प्रधानन्याधीशमा अनुमोदन गर्नुपर्ने र गर्न नहुनेमा समिति सदस्यहरुको मत विभाजित छ । समितिमा रहेका सत्तापक्षका सांसदहरु जोशीको नाम अस्वीकृत गर्नुपर्ने पक्षमा छन् भने प्रतिपक्षका सांसदहरु अनुमोदन गर्नुपर्ने अडानमा छन् ।

सत्तापक्षका सांसदहरुले जोशीको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै जोशीको नाम अनुमोदन गर्न नहुने बताउँदै आएका छन् ।

यद्यपी समितिले जोशीबारे जुनसुकै निर्णय गरेपनि सर्वसम्मत गर्ने बताउँदै आएका छन् । तर, अहिलेसम्मको स्थिति हेर्दा सर्वसम्मत निर्ण हुने सम्भावना कम रहेको छ ।