गोर्खाली समाज यूकेको वार्षिक भेलामा,नेपालका चर्चित कलाकारले दिए प्रस्तुति

लण्डन । गोर्खाली समाज यूकेले वार्षिक समर भेटघाट कार्यक्रम गत जुलाई २९ का दिन सम्पन्न गरेको छ । ह्याम्पशायरको फार्नबरोमा समाजका अध्यक्ष कर्ण दर्लामी मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव अशोक ढकालले गरेका थिए ।

कार्यक्रममा समाजका संरक्षक डा राघव प्रसाद धितल प्रमुख अतिथि र लन्डन बोरोको होन्सस्लो, काउन्सिलर विष्णु गुरुङ थिए ।

गोर्खाली भेलामा सांस्कृतिक कार्यक्रमअन्तर्गत कलाकारहरु मिना लामा, बिमललाल छेत्री, जुना श्रीष मगरले मनोरन्जन् प्रदान गरेका थिए ।

कलाकाहरुलाई दिनेश गुरुङ, वीर बहादुर गुरुङ, नीरराज गुरुङ सकुन्तला गुरुङ लगायतले साथ दिएको कार्यक्रम संचालक माहसचिब् ढकालले जानकारी गराए । कार्यक्रम सफल पार्न आमा समुहको बिशेष भुमका रहेको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

यसै बीच बेलायतमा रहेका विभिन्न सामाजिक कार्यक्रमहरुमा सक्रिय रुपमा उपस्थिति जनाउदै आएका समाजका उपाध्यक्ष हेम कुमार गुरुङ स्वागत मन्तव्य दिएका थिए ।

यसै बीच समाजले डा.उपेन्द्र देबकोटाको सम्झनामा एक मिनेद्ध मौन धारण अर्पण गरेको थियो । कार्यक्रममा समाजका सल्लाहकारहरु विभिन्न संस्थाका प्रमुखहरू लगायत २५० जना भन्दा बढिको उपस्थिति रहेको थियो ।

गोर्खाली समाज यूके विगत लामो वर्षदेखि बेलायतमा विभिन्न सामाजिक कार्यमा क्रियाशिल छ ।