लंका जितेको जस्तो कोहि हौसिन जरुरी छैन। सिके राउत उनको पार्टिमा सर्वसम्मत संसदीय दलमा नेता चुनियछन् । त्यस्तै के पी वली र महन्त ठाकुर पनि उनको पार्टीमा । यता सम्माननीय देउवा ज्यूले राम्रै बहुमत प्राप्त गर्नु भएछ संसदीय दलको नेताको लागी भएको चुनाबमा।भोली माओवादी केन्द्रको संसदीय दलको नेताको चयन हुँदैछ रे। त्यसमा पनि प्रचण्ड सर्वसम्मत हुनेछन्। उता रवि लामिछानेको पार्टीमा रवि लामिछाने संसदिय दलको नेता चुनियरे।पर्सी उपेन्द्र यादबको पार्टीको पालो। सबैलाई नेता भएकोमा बधाई एबं कार्य सफलताको शुभकामना ।
सुस्ता,कालापानी,लिम्पियाधुरा यथार्थ भुगोल जिती ल्याएको पनि होइन।मेसीले अर्जेन्टिनाको नाम संसार भर राखेको जस्तो ठूलै हर्ष बढाईंको क्षण पनि होइन यो। यो जित हार त केबल प्रजातन्त्र भित्रको सामान्य प्रक्रिया मात्र हुन्।यता हामी सबै आफ्ना आफ्ना पार्टीमा ठूलै नेता भएका छौं।यता हामी सबै जिती रहँदा र जित्यौं भन्दै हर्ष बढाई बाजा गाजा गरिरहँदा उता सि डि ओ कार्यकलय अगाडी खाडी राष्ट्रमा तातो घाममा ३० हजार नेपाली रुपैया कमाउनको लागी परिवार,घर,देश छाडी जान पासपोर्ट बनाउन लामवद्ध छन्। हाम्रा तमाम समस्या जहाँका त्यही छन्।
जब सम्म यो विदेशको तातो घाममा,खाडी राष्ट्रमा काम गर्न जान पासपोर्ट बनाउन लाम बसिरहेका तमाम युवाहरुलाई हामीले विदेश जान रोक्ने गरि शाषन दिन सक्दैनौ,तब सम्म त्यो यथार्थले हामीलाई गिज्याई रहन्छ। यहाँ सबैले जित्ने बनाउन सक्नु पर्दछ।हामी जित्यौं,उनिहरु हरायौं भनि अब पनि कोठा भित्र बसि गरिने हर्ष बढाईँले हामीलाई कतै पुऱ्याउँदैन।अझै निकट भविष्यमा कति धेरै गाइजात्रा देख्न बाँकी नै छ। अब चाहिं विगत बाट सिकौं।
संवृद्ध नेपाल सबै मिली बनाऔं। पुःन संसदीय दलको नेता हुनु भएकोमा संपूर्णमा बधाई एबं कार्य सफलताको शुभकामना ।
स्नेहि – आर के त्रिपाठी लण्डन बाट






