‘मिस नेपाल–२०१८’ को आवेदन खुल्ला

लन्डन । सन् २०१८ को लागी मिस नेपाल–२०१८’ को आवेदन खुला गरिएको छ । हिडेन ट्रेजरले यस वर्ष ‘मिस वल्र्ड नेपाल, मिस यूनिभर्स नेपाल, मिस अर्थ नेपाल र मिस इन्टरनेशनल नेपाल’ गरी चार जना विलक्षण प्रतिभाशाली युवतीको चयन गर्ने जनाएको छ ।

चार जना युवतीहरू ‘मिस वल्र्ड, मिसन यूनिभर्स, मिस अर्थ र मिस इन्टरनेशनल’मा सहभागी हुनेछन् । द हिडेन ट्रेजर ‘मिस नेपाल २०१८’को मुख्य प्रायोजन रुसलान एफले गर्नेछ । यस्तै, कलर्स मोबाइल, लिभोनले सह प्रायोजन गर्नेछन् ।

यस वर्ष मिस नेपालको अडिसन नेपालको ८ सहर विरगञ्ज, बिर्तामोड, धनगढी, धरान, चितवन, पोखरा, बुटवल, नेपालगञ्जमा हुने आयोजकले बताएको छ । अन्तिम अडिसन काठमाण्डौमा हुने छ ।