सरकारले पुनर्निर्माणमा राजनीति गरेको कांग्रेको आरोप

nepali-Congress-flag_20110409091641[1]काठमाडौं- कांग्रेसले भूकम्पपछिको पुनर्निमाणमा पटक्कै ध्यान नदिएको भन्दै सरकारको आलोचना गरेको छ ।

राजधानीमा भएको कांग्रेसस सांसद र भूकम्म प्रभावित जिल्लाका सभापतिहरुको भेलाले सरकार भूकम्प पीडितहरुको पुर्नस्थापना र पुनर्निमाणमा गम्भीर नभएको निस्कर्ष निकालेको हो ।

भेलामा सहभागी कांग्रेस जिल्ला सभापतिहरुले भूकम्पपछिको पुनर्निमाण र पुर्नस्थापनामा समेत राजनीतिकरण भएको आरोप लगाएका थिए ।

बैठकले भूकम्प प्रभावितहरुको अवस्था झन नाजुक बनेको भन्दै सरकारी उदासिनता सैह्य नहुने चेतावनी दिएको छ । भेलामा भूकम्प प्रभावित १९ जिल्लाका कांग्रेस सभापतिहरुको सहभागिता थियो ।