आमरण अनसनको २० दिन:-कोमल मल्ल

londonnepalnews.com

कोमल श्रेष्ठ मल्ल ,

डा.गोबिन्द केसी. लाई केहि नहोस भन्ने लेख्नलाई
नमेटिने मसि चाहियो
डा.गोबिन्द केसी.को माग बुझ्नेको सरोकार
डा.गोबिन्द केसी.को माग नबुझ्नेको
असंबेदनशिल सरकार ?
ए भ्रष्ट र भ्रष्टाचार
कुनै दुःखदायी घटना भोग्न नपरोस
खबरदार ! खबरदार ! खबरदार !
सम्भब छैन र ?
त्यो स्वस्थ बिचारको शंबोधन ??
जहा जन समर्थनको बर्षा छ
विश्व भरि डा.गोबिन्द केसी.को चर्चा छ ?
संबेदनशिल स्वास्थ्यको क्षेत्र
किन बनाईदैछ कुरूक्षेत्र !!!

स्वास्थ्यको क्षेत्रमा असामयिक ब्यापार
धन्य सरकार !
कहा छ नैसर्गिक अधिकार ???
बहुमतको दम्भ अबसर
स्वाथ्यमा पर्ने असर
न सौहाद्रता !
न दुरदर्शिता !
न गम्भीर्यता !
धन्य अबसरबाद !

मृत सामाजिक न्याय
हलक्क बढदै गरेको माफियाबाद
आशुको खोला
सरकारको अस्वाभाबिक गला र कला
अप्रत्याशित घटना घटे
भोली के होला ???
खबरदार ! खबरदार ! खबरदार !
त्यसैले
राजनितिको परिभाषा चाहियो
अस्तित्वको परिभाषा चाहियो

क्षमता र योग्यताको तराजुमा
न्यायको आँखा
संवेदनशिल भाका चाहियो ।
अहो ! अहो !
कस्तो बिडम्बना ?
अस्वस्थ प्रतिस्पर्धा
ईमान मरेको बिचार
धर्म मरेको सदाचार बुझ
जनताको लागी सरकार
जन धैर्यताको बाध नफुटोस
डा.गोबिन्द केसी.को जिवन नटुटोस ।
बाच र बचाउ केसि.को जीवन
बिजयी हुन्छन सधै जनता
बुझ सरकार ! बुझ सरकार ! बुझ सरकार !!!