शिब भण्डारी
लन्डन ।बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टलाई जनसम्पर्क समिति यूकेले एक कार्यक्रमका बीच लण्डनमा सम्मान गरेको छ ।
प्रवासी अमेरिकी भूमिमा बसेरै पनि विगत दुई दशकदेखि नेपालको लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा निरन्तर योगदान गरेका सभापति बिष्टलाई उनको योगदानको कदर गर्दै जनसम्पर्क समिति यूकेले सम्मान गरेको हो ।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी तथा संगठन सम्बन्धी विभिन्न विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रममा सहभागी जनसम्पर्क समिति यूकेका नेताहरुले सभापति विष्ट र उनकी पत्नीलाई खादा ओढाएर बेलायतमा स्वागत गर्दै सम्मान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेता विष्टले बेलायत र अमेरिकामा रहेका पार्टीका संगठनहरुबीच सहकार्य एबम नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठकमा समेत प्रबास स्थित जनसम्पर्क समितिका समस्या एबम एजेन्डाहरु समेत पुर्याउने धारणा राखे ।
बेलायतमा पार्टीका तर्फबाट आफुलाई दिइएको स्वागत सम्मानका लागि उनले कृतज्ञता प्रकट गरे ।
उक्त कार्यक्रममा एनआरएन यूके पूर्व अध्यक्ष योगेन क्षेत्री ,एनआरएन यूके महासचिव आरके त्रिपाठी, बेलायत कांग्रेसका नेताहरु विश्व आदर्श पण्डित , विज्ञान प्रसाईं , चेतनाथ खनाल , विनोद मोक्तान, युवराज सिंह, सुर्य नेम्वाङ्ग , तस्बिर लामा ,लण्डनको बार्नेट काउन्सिलका काउन्सिलर लक्ष्य गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।









